ताप्लेजुङको दोभानमा आगलागी

फागुन १८, काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । बिहान करिब ९ बजेदेखि आगलागी भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।

प्रमुख जिल्ला अधिकारी झरेन्द्र प्रसाद चापागाईंका अनुसार आगो नियन्त्रणको प्रयासमा दमकल परिचालन भएको बताए।

प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखको टोलिसहित आफैं घटनास्थल जाँदै गरेको जानकारी दिएका छन् ।

आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन । आगोले पुर्‍याएको क्षतिको विवरण पनि एकीन रुपमा नआइसकेको उनले बताए ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..