आज सभामुख, सांसद र कर्मचारीहरुले कोरोनाविरुद्धको खोप लगाउने

फागुन १९, काठमाडौं । आज सांसदहरुलाई कोरोना भाइरस ९कोभिड(१९०विरुद्धको खोप सभामुखसहित सबै संसदहरुलाई विभिन्न अस्पतालमा लगाउने व्यवस्था मिलाएको जानकारी दिएको छ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उनीहरुका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका सांसदहरुलाई खोप लगाइनेछ ।

आजै प्रतिनिधि सभा र राष्ट्रिय सभाका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कर्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पन खोप लगाइने छ ।

सींघ संसद सचिवालयका सबै कर्मचारी, स्वकीय सचिवलगायतका सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलाई २० गते बिहीबार खोप लगाउने तय भएको छ ।

यस्तै, २१ गते शुक्रबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका सबै कर्मचारी र बुधबार र बिहीबार लगाउन छुटेकालाई खोप लगाइने संसद सचिवालयले जानकारी दिएको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..