नेकपाको बहुमतपक्षिय केन्द्रीय कमिटी बैठक बस्दै

फागुन १९, काठमाडौं । नेकपाको बहुमत पक्षको केन्द्रीय कमिटी बैठक आज दिउँसो बस्दैछ।

पार्टी कार्यालय पेरिसडाँडामा उक्त समूहले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

प्रतिनिधि सभा बैठक फागुन २३ गते बस्ने गरी सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गरेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे रणनीति तय गर्न बैठक बस्न लागेको जानकारी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भएको भन्दैबदर गरिदिएको थियो।

प्रधानमन्त्रीले असंवैधानिक काम गरेको भन्दै बहुमत पक्षले प्रधानमन्त्रीले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्ने माग हुँदै आएको छ ।
नेकपा बहमुत पक्षले केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

तर प्रधानमन्त्री ओलीले देशका विभिन्न ठाउँमा भएका सभाहरूमा पुगेर अविश्वास प्रस्ताव ल्याएर हटाउन चुनौती दिएका छन्।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..