
विक्रम सम्वत् २०७७ साल फागुन २० गते, बिहीवार, इस्वि सम्वत् ४ मार्च २०२१। फाल्गुण कृष्णपक्ष, षष्ठी तिथि, विशाखा नक्षत्र, चन्द्रराशि– तुला।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समय रमाइलो भए पनि चिन्ताले मन पिरोलिनेछ। मनोरञ्जनमा ध्यानदिँदा काम रोकिन सक्छ। आफन्तसँग सुमधुर सम्बन्धका लागि सचेत रहनुहोला। लोकाचारले फजुल खर्च निम्त्याउला। प्रयत्न गर्दा बिस्तारै काम बन्नेछ। स्वास्थ्यका लागि खानपिनमा ध्यान दिनुहोला। समय लागे पनि मिहिनेतको फल प्राप्त हुनेछ। व्यवसायमा आम्दानी बढ्नेछ।
वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पढाइ लेखाइमा प्रगति हुने र रमाइलो यात्राको योग रहेको छ । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । शेयरबाजारको कारोबार बाट पनि लाभ मिल्नेछ
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। बेसुरमा बोल्ने बानीले दुस्ख पाइनेछ। विशेष योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य क्षेत्रमा प्रगति हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । धार्मिक यात्राको योग पनि छ । प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । अतिथिको रूपमा सत्कार पाइएला । आफन्तको सहयोग प्राप्त हुनेछ । आर्थिक कारोबारतर्फ लाभ मिल्नेछ। तर आज बाहिरिएको धन भने फिर्ता आउन मुस्किल पर्नेछ। विवादास्पद समस्या सुल्झाउने जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
विशेष अवसर अथवा रमाइलो परिस्थितिका बीच पनि सानो चिन्ताले पिरोल्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ तर स्वास्थ्यका लागि सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। अध्ययनमा धेरै समय दिन नसकिए पनि बौद्धिक क्षमताले प्रशंसा पाउनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम जोहो गर्नुपर्ला। सोखले विलासी वस्तुहरूमा खर्च गराउनेछ। आफन्तबाट टाढिनुपरे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। खानपिनमा सजकता अपनाउनु पर्नेछ । मनमा सङ्का उत्पन्न हुनेछ । अनावश्यक धन खर्च हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
तारिफयोग्य कामले चर्चामा ल्याउन सक्छ। प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्नाले सजिलै लक्ष्य प्राप्ति हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। नयाँ कामको थालनी हुनेछ । वैदेशिक कार्य अघी बढ्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । आँटेको र ताकेको कार्य पुरा होला ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदीय जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर दिलाउनेछ। मिहिनेतले दाम, इनाम र हातपार्न सफल भइनेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ।आज चुनौतीको सामना गर्नुपर्ला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । बन्न लागेको काम विग्रन सक्छ ।