पूर्व सभासद्को जुवाघरबाट कर्मचारी र जुवाडे पक्राउ

फागुन २१, काठमाडौं । ताहाचलस्थित सोल्टी होटलको मूल गेटसँगैको प्लाटिनम होटलको भूमिगत तल्लामा रहेको सीएमजी क्लबमा अवैध रुपमा क्यासिनो खेलेको अवस्थामा खेल्ने र खेलाउने गरी १० जनालाई प्रहरीले पक्रेको छ । केही समयदेखि आन्तरिक लफडाले बन्द होटलमा अवैध तरिकाले क्यासिनो सञ्चालन गरेको सूचनाको आधारमा आज दिउँसो ४ बजे डिएसपी अपिल बोहरा नेतृत्वका प्रहरीले छापा मार्दा उनीहरु पक्राउ परेका हुन् ।

अवैध क्यासिनोमा जुवा खेलिरहँदा पक्राउ पर्ने भारतीय नागरिकहरुमा बिहार,मोतिहारीका ३८ वर्षका रञ्जितकुमार जयसवाल,३५ वर्षका सोहन प्रसाद, ४२ बर्षका मुमताज मियाँ, कलकत्ताका ५० वर्षे शेख मुर्तुजा अलि रहेका छन् । त्यसैगरी, जनकपुर उपमहानगरपालिका १३ का ३२ वर्षका राजकुमार सिंह र बारागढी नगरपालिका ६ का ३७ वर्षे टिन्कुप्रसाद पनि जुवा खेलिरहँदा पक्राउ परेका हुन् ।

अवैध क्यासिनोमा जुवा खेलाउनेहरु कामनपा २२ घर भएका ६२ वर्षका म्यानेजर महेश मल्ल,सर्लाही ईश्वरपुर ९ का सहायक मेनेजर ५२ वर्षीय कमलदेव चौधरी, सर्लाही बरहथवा ४ का प्रशासन स्टाफ वर्ष २३ का अजय यादव र सोही स्थानका वर्ष ४१ का क्यासियर सचिन वाग्ले पनि पक्राउ परेका छन् ।

पूर्व सभासद् सर्लाहीका नरेन्द्र साहको स्वामित्वमा रहेको भनिएको क्यासिनोमा आज प्रहरीले छापा हान्दा भारतीय र नेपाली गरी १० जना पक्राउ परेका हुन् । त्यसक्रममा प्रहरीले ८ लाख २६ हजार ९ सय ८० रुपैयाँ बरामद गरेको छ । त्यसैगरी, ५ लाख ७० हजार रुपैयाँ बराबरको ३ सय ९० थान क्यासिनो क्वाईन, ९ लाख रुपैयाँको ३ थान चेक, १५ बुक तास, नोट गन्ने मेशिन १ थान, विभिन्न रंगका कार्ड ३ थान र स्लट मिटर रिडिङ बुक १ थान समेत बरामद गरिएको छ । साभार जनआस्था

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..