सहजरुपमा राजीनामा नदिए प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउँछौं : अध्यक्ष प्रचण्ड

फागुन २१, काठमाडौं । नेकपा बहुमत पक्षिय संघीय सांसदको बैठकबाट सांसदहरुले संसदीय दलको नेतामा पुनः पुष्पकमल दाहाललाई चयन गरेको छ । र, दलका नेता प्रचण्डले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउने बताएका छन् । आजको बैठकको अध्यक्षता जेष्ठ सदस्य पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले गर्नु भएको थियो ।

सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनर्स्थापना भएको प्रतिनिधिसभाको बैठक फागुन २३ गते बोलाइएको छ । त्यसको दुई दिनअघि नेकपा बहुमत पक्षिय प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको थियो ।

दुबै सदनमा गरी नेकपाका २२१ सांसद छन्, जसमध्ये १११ जना प्रचण्ड–माधव समूहले बोलाएको बैठकमा उपस्थित थिए । कृष्णबहादुर महरा, योगेश भट्टराई, चक्रपाणि खनालसहित ७ सांसद विभिन्न कारणले शुक्रबारको बैठकमा आउन नपाएको नेताहरुको दाबी छ । त्यस्तै अध्यक्ष प्रचण्डले केपी गुटमा भएका संसदहरुलाई आधिकारी पार्टी र संसदीय दलमा सहभागि हुन अपिल गर्दै कसैलाई पनि भेदभाव नगरीने पनि बताउनु भएको थियो ।

संसदीय दलको बहुमत सदस्यले आफूलाई नेता चयन गरेको भन्दै प्रचण्डले आफूहरु नै आधिकारिक भएको दाबी गरे । ओलीले तत्काल राजीनामा दिएर सहज बनाउनुपर्ने भन्दै उनले अघि भने, ‘नदिए संविधान कानूनअनुसार संसदाबाटै समाधान खोज्छौं ।’

त्यो भनेको अविश्वास प्रस्ताव ल्याउने हो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अब त्यही बाटो जान उहाँले बाध्य पार्नुभएको छ । हामी त्यही बाटोमा जान्छौं ।’

यद्यपि प्रधानमन्त्रीको उम्मेदवारबारे आफूहरु छलफलमै रहको उनले बताए । संसद विघटनविरुद्ध सडकमा गएका दलहरुसँग मुद्दाका आधारमा सहकार्य गर्ने भन्दै अध्यक्ष एवं संसदीय दलका नेता प्रचण्डले भने, ‘सरकार बनाउने प्रक्रियामा पनि सहकार्य हुन्छ । हामी छलफलमा छौं, मलाई लाग्छ एक दुई दिनमै टुंगोमा पुग्छौं ।’

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..