आजको राशिफल

वि.सं. २०७७ फागुन २२ गते, शुक्रवार, इस्वि सं. 6 मार्च २०२१। फाल्गुण कृष्णपक्ष, सप्तमी तिथि, अनुराधा नक्षत्र, चन्द्रराशि– वृश्चिक।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
स्वास्थमा सुधार होला, धर्ममा रुची होला, आर्थिक दृष्टिले पनि आजको दिन राम्रो होला, साझेदारी ब्यबसायमा लाभ होला, प्रेम बढ्ने तथा पत्नीबाट सुख प्राप्त होला |

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
स्वास्थ्यमा सुधार होला, पशुपालन तथा पेसा ब्यबसायमा प्रगती तथा लाभ होला, पठनपाठन तथा बौद्दिक कार्यमा प्रगति होला तरपनि कुनै राम्रो कार्यमा धन खर्च होला|

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको दिन हरेक कार्यमा साबधानी अपनाउनुपर्ने देखिन्छ, संतानपक्षको साथ र सहयोगले आजको दिन मन प्रसन्न रहला, धन मान तथा प्रतिष्ठामा वृद्धि होला|

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । रमाइलो यात्राको सम्भावना पनि रहेकोछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको दिन दुष्ट व्यक्तिको संगतले अपमानित हुनुपर्ला, सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ, परिवार तथा सन्तानको स्वास्थ्य समस्याको कारण धन खर्च होला |

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आजको दिन धन प्राप्तिको योग रहेको छ, तपाइको बोलि र व्यक्तित्वको कारण सबैको प्यारो बनिएला, बैदेसिक यात्राका अबसरहरु आउनेछन, जोश र जागर बढ्नाले कामहरु सम्पन्न होलान|

मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु ,खे, खो, गा, गि
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कुनैपनि नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला, पैतृक सम्पतिको वृद्धि तथा प्राप्ति गराउला, आजको दिन आमाको साथ र सहयोग पनि पाइनेछ|

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..