देशका केही स्थानमा वर्षाको सम्भावना, बाँकी स्थानमा मौसम सफा रहने

फागुन २२, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

बिहानको मौसमको बारेमा जानकारी दिँदै महाशाखाले देशका केही पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली भइरहेको र बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

यसैगरी, आज दिउँसो प्रदेश १ , बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै, प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुको एकरदुई स्थानमा हल्का वर्षा र हिमपात को सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेश का पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहने पूर्वानुमान छ ।

बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ , बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागहरुको एकरदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..