प्रतिनिधिसभाको बैठक आज

फागुन २३, काठमाडौं । प्रतिनिधिसभाको कार्यकाल दुई वर्ष बाँकी रहँदै प्रधानमन्त्री केपी ओलीले पुस ५ गते विघटन गरिदिएका थिए, तर सर्वोच्च अदालतको संवैधानिक इजालसले पुनस्र्थापना गरिदिएपछि संसद् बैठक आज बस्दैछ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम खारेज गर्दै सर्वोच्च अदालतले १३ दिनभित्र बोलाउन दिएको परमादेशअनुसार राष्ट्रपतिले आह्वान पश्चात् आइतबारदेखि प्रतिनिधिसभाको अधिवेशन सुरु हुँदै छ । ५ वर्षका लागि निर्वाचित प्रतिनिधिसभाको कार्यकाल दुई वर्ष बाँकी रहँदै प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा विघटन गरिदिएका थिए, तर सर्वोच्च अदालतले प्रधानमन्त्रीको विघटन गर्ने कदमलाई असंवैधानिक भयो भन्दै पुनस्र्थापना गरिदिएपछि संसद् अधिवेशन आज सुरु हुन लागेको हो ।

प्रधानमन्त्री ओली संसद् पुनस्र्थापनापछि पनि नैतिकताका आधारमा राजीनामा नदिने अडान लिँदै सामाना गर्ने भन्दै अल्पमतमा परे पनि अडि कसिरहेका छन् । यद्यपि, शनिबार साँझसम्म नेकपा बहुमत पक्षिय, काग्रेस, जसमा प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव अगाडि बढाउने विषयमा सहमति गरेका छैनन् ।

दुई अधिवेशनबीचको अवधि ६ महिनाभन्दा धेरै हुन नहुने संवैधानिक व्यवस्थाअनुसार १७ पुसमै संसद् बैठक सुरु हुनुपर्ने थियो । तर, १२ दिनअघि नै प्रधानमन्त्री ओलीले ५ पुसमा संसद् विघटन गरेपछि सातौँ अधिवेशन बस्न सकेको थिएन । सर्वोच्च अदालतले विघटनको अवधिलाई शुन्य समय भनेको छ । तर, सर्वोच्च अदालतले ११ फागुनमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक ठहर गरेपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले २३ फागुन ९आइतबार०का लागि बैठक आह्वान गरेकी थिइन् ।

प्रतिनिधिसभा बैठकमा विभाजित नेकपाको बहुमत पक्षिय र अल्पमत पक्षिय समूह परस्परविरोधी तयारीमा देखिएपछि संसद् सञ्चालनसमेत प्रभावित हुने अवस्था देखिएको छ । प्रमुख प्रतिपक्षी कांग्रेस अनिर्णयमा बसेको छ । सभामुख अग्निप्रसाद सापकोटालाई दुवै समूहको सहमतिमा सदन सञ्चालन गर्न चुनौति देखिएको छ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..