
हामी जे गर्दछौ, त्यो हाम्रो सोच र नेचरअनुसार फरक फरक हुने गर्दछ । दिनभरको काम जस्तै खाना खानु, हिँड्नु, कपडा लगाउनु, कुरा गर्नु र सुत्नेजस्ता तरिका हरेक मानिसको आआफ्नै हुन्छ ।
मनोवैज्ञानिक परीक्षण गरेर यस्ता धेरै कुरा पत्ता लगाउन सकिन्छ । यसरी नै साइकोलजिकल अध्ययनका अनुसार कुने व्यक्तिले नुहाउने बेला शरीरको कुन अंग सबैभन्दा पहिला धुन्छ, यसबाट उक्त व्यक्तिको व्यक्तित्वको विशेष कुरा थाहा पाउन सकिन्छ ।
पिएचडी साइकोलजिस्ट जन बार्ग ले नुहाउने तरिकाका बारेमा पनि बताएका छन् । उनले भनेका छन्–जुन मानिस एक्लै हुन्छ, त्यस्ता मानिस धेरै नुहाउँछन्, उनीहरु तातोपानीले नुहाउन मन पराउँछन् र धेरैबेरसम्म पानीमा रहन्छन्।
नुहाउने बेला कुन व्यक्तिले सबैभन्दा पहिला कुन अंग पखाल्छ भन्ने कुराले यसको व्यक्तित्व यसरी थाहा पाउन सकिन्छ :
अनुहार
जुन व्यक्तिले नुहाउने क्रममा सबैभन्दा पहिला अनुहार पखाल्छ, त्यस्ता व्यक्ति सधैं आफन्तजनका लागि कमाउन व्यस्त रहन्छन् ।
कपाल
जुन मानिस सबैभन्दा पहिला कपालमा पानी हाल्छन् त्यस्ता व्यक्तिलाई आलसी पनि भन्न सकिन्छ ।
छाती
नुहाउने बेलामा जुन व्यक्तिले पहिला छातीमा पानी हाल्छ त्यस्तो स्पष्टसँग बोल्न रुचाउँछन् र कुनै पनि समय खेर फ्याँक्दैनन् ।
निजी अंग
नुहाउने बेलामा जुन मानिसले पहिला अन्डरआर्म पखाल्छन्, त्यस्ता व्यक्तिलाई धेरैले मन पराउँछन्, यस्ता व्यक्तिहरु सधैं अरुको सहयोगका लागि तयार रहने गर्दछन् ।
काँध
जुन मानिस नुहाउने क्रममा सबैभन्दा पहिला काँधमा पानी हाल्छन् त्यस्ता व्यक्तिहरु जतिसुकै कोशिस गरे पनि सफलता प्राप्त गर्न सक्दैनन् ।
कान
नुहाउने क्रममा जुन मानिसले पहिला कान पखाल्छ त्यस्ता व्यक्ति कुनै कुनै बेला बढी आत्मविश्वासका कारण घमन्डी देखिने गर्दछन्। यस्ता व्यक्तिहरु बढी स्ट्रेस ह्यान्डल गर्न असमर्थ हुन्छन् । एजेन्सी