काठमाडौं उपत्यकाको फोहोर उठ्ने

चैत २०, काठमाडौं । काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहोर आजदेखि उठने भएको छ ।

नुवाकोटको ककनी गाउँपालिकाको सिसडोल क्षेत्रका बासिन्दाले विभिन्न माग राख्दै चैत्र १३ गतेदेखि फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए । शुक्रबार आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि फोहोर बिसर्जनमा गरिएको अवरोध हटेको हो ।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले सिसडोलबासिले राखेको शिक्षा र स्वास्थ्य सम्बन्धी मागहरु महानगरपालिकाले पूरा गर्ने सहमति भएको र रोजगारी, विकास निर्माण लगायतका मागहरु सम्बन्धमा पनि महानगरपालिकाले बजेट उपलब्ध गराउने सहमति भएको बताए ।

सहमतिपत्रमा ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका विभिन्न विद्यालयमा करार सेवामा शिक्षक नियुक्त गर्ने र सो बापतको पारिश्रमिक नेपाल सरकारले तोकेको स्केल बमोजिम उपलब्ध गराउने उल्लेख छ ।

त्यस्तै, करार सेवामा नियुक्त हुने शिक्षकहरुको दरबन्दीमा स्थायी शिक्षक नियुक्त भएपश्चात काठमाडौं महानगरपालिकाले पारिश्रमिक वापत उपलब्ध गराउने, स्वास्थ्य उपचारको दिगो व्यवस्थापनका लागि उपयुक्त योजना सम्बन्धमा बृहत्तर छलफल गरी आपसी छलफलबाट १० दिनभित्रमा निष्कर्षमा पुग्ने सहमति भएको छ ।

फोहोरमैला अतिप्रभावित र प्रभावित क्षेत्रका वडाहरुलाई प्राथमिकताका आधारमा धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकालाई आर्थिक वर्ष २०७८र०७९ देखि वार्षिक बजेट नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले एकमुष्ठ तीन(तीन करोड रुपैयाँ विनियोजन गर्ने सहमति पनि भएको छ ।

फोहोरमैला प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाहरुको स्वास्थ्य सेवा सहजताको लागि सहयोग गर्ने क्रममा धुनीवेशी नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स खरिद गरी उपलब्ध गराउने पनि सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..