नयाँ सरकार गठन छिट्टै गठन हुने – अध्यक्ष प्रचण्ड

चैत २१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले शनिबारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल थालिने उद्घोष गरेको छन् ।

शनिबार कपिलवस्तुमा आयोजित पार्टीको जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आज ४ बजेबाट घनिभूतरुपमा छलफल अगाडि बढाउने बताएका हुन् ।

‘साढे तीन बजे काठमाडौं फर्केर ४ बजेबाट काठमाडौंमा नयाँ सरकार गठन बारेका बैठकहरु घनिभूतरुपले अगाडि बढाउने छु भनेर आएको हुँ । देशको राजनीतिले कोल्टे फेरेको छ, म तपाईहरु सबैलाई बधाई भन्न चाहन्छु,’ उनले भने ।

सम्भवत छिट्टै नयाँ सरकार बन्ने प्रचण्डको दाबी छ । उनले भने, ‘नयाँ परिस्थिति बन्ने छ । त्यही कामका निम्ति मैले छिटो जानुपरेको हो । सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ ।’

यस्तै प्रचण्डले प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको निर्णयबाट देशको राजनीतिले कोल्टे फेरेको पनि दाबी गरे । उनले भने ‘नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग्ने र अर्को सरकार गठनका निम्ति पहल लिने भनेर हिजो निर्णय गरेपछि देशको राजनीतिक परिस्थितिले कोल्टे फेरेको छ ।’

नयाँ सरकार गठनका लागि तुरुन्तै पहल लिनुपर्ने सुझाव आएको पनि उनले खुलासा गरे ।
‘मलाई साथीहरुले आज कपिलवस्तु नजानुहोस् । नयाँ सरकार गठनका लागि तपाईंले तुरुन्तै पहल लिनुपर्छ भन्नु भएको थियो । तर मैले भनेँ म आज कपिलवस्तु जानै पर्छ । म त्यहाँको जनता र साथीहरुलाई भनेर छिट्टै फर्किन्छु,’ प्रचण्डले भने । उनले काठमाडौं पुगेर को कोसँग छलफल गरिँदैछ भन्नेबारे भने उल्लेख गरेका छैनन् ।

लामो मौनतापछि केन्द्रीय कार्यसमिति बैठकबाटै काँग्रेसले सरकार निर्माणका लागि पहल गर्ने निर्णय लिएपछि प्रचण्ड उत्साहित देखिएका छन् । यस्तै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि शनिबार नै प्रधानमन्त्री केपी ओलीलाई हटाएरै छाड्ने उद्घोष गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..