एमाले ओलीले बनाएको होइन : एमाले वरिष्ठ नेता माधव नेपाल

चैत २१, काठमाडौं । नेकपा एमालेका पूर्व प्रधानमन्त्री तथा बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एमाले नभएको बताएका छन् । शनिबार आफू निकटका कार्यकर्ता भेलामा बोल्दै उनले हामीले एमाले बनाउदा ओली जेलमा रहेको बताएका हुन् ।

उनले भने, ‘केपी ओली एमालेको नेता रे । के एमाले, माले केपीले बनाएको हो रु त्यतिखेर त केपी ओली जेलमा थिए । त्यसैले एमालेको लिडर हामी हौँ, हामीले बनाएको हो एमाले ।’

उनले तथ्यहरु पेश गर्दै नेकपा एमालेको नेता आफूहरु मात्र रहेको उनले बताएका छन् । अहिलेसम्म हामीले नै पार्टी बचाउदै आएको साथै अबका दिनमा नयाँ पुस्तालाई समेटेर गतिशील पार्टी निर्माण गर्न अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् ।

केपी ओलीमा कम्युनिष्ट आदर्शबाट नै स्खलित भएको उनको भनाइ रहेको छ । केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्षको कुर्सीको मात्र माया रहेको र ओलीले पार्टीलाई छिन्नभिन्न र धराशयी बनाएको उनले कडा भनाइ राखेका हुन् ।

उनले भने, ‘तानाशाहमा व्यक्तिवाद हावी हुन्छ । अहंकारीमात्र हुन्छ, कुमाइमात्र हुन्छ । अहिले केपी ओलीमा यही प्रवृति हुर्कँदै गएको छ । यो अति भयो भने अब अन्त्य हुन्छ । त्यसैले केपी ओलीको अन्त्य सुनिश्चित छ ।’

सामूहिकता, विधि, पद्धति संगठन नमान्ने र एकलौटी र व्यक्तिवादी कम्युनिष्ट नहुने बताउदै विधानविपरीत नेताहरुलाई कारबाही चलाएको पनि उनले स्पष्ट पारेका छन् । साथै, ओलीको एकलौटी कारबाहीले आफूहरु नडराउने पनि उनले बताए ।

उनले भने, ‘हामी डराउनेवाला छैनौँ, कोही खुट्टा कमाउनेवाला छैन । याद रहोस् यो कुरा केपी ओलीलाई, जंगलमा युद्ध लडिरहेका माओवादी द्वन्द्वको समेत हामीले नै समाधान गरेका हौँ । कुनै विदेशी आएर गरेको होइन ।’

साथै, ओलीको फूर्ति प्रधानमन्त्री भइञ्जेलसम्म मात्र भएको बताएका छन् । अहिलेको फूर्ति प्रधानमन्त्री भइञ्जेलमात्र सेटिङ, फेटिङ गरेर भइरहेका हुन्।

उनले भने, ‘केपी ओलीको अहिले जुन फूर्ति छ, त्यो प्रधानमन्त्री भइञ्जेलमात्र हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..