चैत २२ गते आइतबारको राशिफल

चैत २२, २०७७, आइतवार, 4 April 2021। चैत्र कृष्णपक्ष सप्तमी तिथि (९ः२१ बजेदेखि अष्टमी)। मूल नक्षत्र (७ः३६ बजेदेखि पूर्वाषाढा)। चन्द्रराशि– धनु।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

भाग्यले विभिन्न अवसर जुराउनेछ। शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला। काम देखाएर फाइदा उठाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

आज सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । दैनिककार्य सम्पादनमा सहजता मिल्नेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा

नयाँ अवसरले काममा उत्साह जगाउनेछ। व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। रमाइलो यात्रा हुन सक्छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मनमा निरासा र शरीरमा आलस्य आउला । अनावश्यक ठाउँमा धन खर्च होला । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। निर्णय लिन केही अलमल भए पनि पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

आज लक्ष्मी प्रसन्न हुने योग छ । सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते

नियमित कामले पनि उत्साह जगाउनेछ। सहयोगीहरूले प्रतिस्पर्धाको दौडमा जित दिलाउन सक्छन्। श्रम गर्नुपरे पनि मनग्गे धनलाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु

आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । व्यापार व्यवसायमा मन्दी छाउनसक्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज प्राविधिक काममा सफलता प्राप्त हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समयछ ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

मकर भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

आज माइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा

बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। तापनि बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

हिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। काम सम्पादन नभए पनि दिगो योजना बन्नेछ। मनमा अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ। तारिफयोग्य काम गर्दै कीर्तिमानी हातपार्ने समय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..