२४ घण्टामा नेपालमा कोरोनाबाट २६६ संक्रमित, ४ जनाको मृत्यु

चैत २३, काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार २६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । थपिएका २६६ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार २ सय १० पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ३६ पीसीआर परीक्षण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..