गृहमन्त्री रामबहादुर थापालाई माओवादी केन्द्रले दल परित्याग गरेको सूचना संसद सचिवालयमा दियो

चैत २७, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य एवं गृहमन्त्री रामबहादुर थापा बादललाई माओवादी केन्द्रबाट दल त्याग गरेको सूचना संघीय संसदलाई जानकारी गराएको छ ।

माओवादी केन्द्रका पूर्व नेता रामबहादुर थापाले माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका सूचना संसद सचिवालयमा पठाएको माओवादी केन्द्र, राष्ट्रियसभा संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिए छन् । अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।

यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले समेत दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको जानकारी प्रतिनिधिसभामा गराएको थियो । प्रतिनिधिसभामा सभामुखले पत्र पढेर सुनाएपछि उनीहरुको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।

दलका नेता शर्माका अनुसार चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छछ् ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..