नेकपा एमालेलाई बलियो बनाउन पुनर्गठन अभियान – पूर्वप्रधानमन्त्री नेपाल

२७ चैत, काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीलाई बलियो बनाउन विभिन्न जिल्लामा सङ्गठन विस्तार गरेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्तामा उत्साह थपिनुका साथै पार्टी एकताबद्ध हुने धारणा राखेका छन् । नेता नेपालले पार्टीले लोकतान्त्रिक सङ्घीयताको मूल्य र मान्यता कायम राखी मुलुकमा सुशासनसहित जनताको जीवनस्तर उकास्ने कार्यमा जिल्ला दौडाहा कार्यमा लागेको विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री नेपालले अदालतको आदेशलाई आफूले सम्मान गर्ने बताउँदै पार्टीमा विसं २०७५ जेठ २ गते अगाडिको सबै निर्वाचित सबै पदाधिकारी कायम रहे, पार्टी जेठ २ गतेको अवस्थामा सञ्चालन गरे नेकपा एमाले एकताबद्ध हुने पनि उनले बताएका छन् । उनले प्रदेश सरकारविरुद्ध ल्याएको अविश्वास प्रस्ताव फिर्ता केही बाध्यताका कारण फिर्ता गरेको बताएका छन् । उनले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि, विधानमा सञ्चालन नगरेर आफ्ना गुटका मान्छेलाई मात्र च्याप्ने प्रवृत्तिले गर्दा कार्यकर्ताको मनोबल घटाएको, नेकपा एमालेको सङ्गठन छिन्नभिन्न बनाएको आरोप लगाउँदै सबै कार्यकर्तालाई एकताबद्ध गरी सुदृढ पार्टी बनाउने दाबीसमेत गरे ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..