कांग्रेस सभापतिच शेरबहादुर देउवा निवासमा तीन दलको बैठक सुरू

चैत २७, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा तीन दलको बैठक सुरू भएको छ।

नयाँ सत्ता गठबन्धन बनाउनेबारे छलफल गर्न सभापति देउवाले माओवादी केन्द्र र जसपाका शीर्ष नेतालाई बुढानिलकण्ठ बोलाएका हुन्।

कांग्रेसको गत चैत २० मा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो।

त्यसको एक साता हुँदा पनि देउवाले पहल नगरेकोमा आलोचना भइरहेको थियो।

बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेता पुगेका छन्। जसपाबाट डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव, अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतोलगायत नेता सहभागी छन्।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..