ओ ! तिमी आइनै सक्यौ

तिमी आइनै सक्यौ!
शान्त फूलबारीमा
स्वागत गर्ने रहर थियो मेरो
तर चलिरहेछ मेरो आगनमा
यसबेला सम्मै कठपुतलिको नृत्य
र सकुनिको खाल।

ओ तिमी आइनै सक्यौ!
मलाई औधिनै सकस लागिरहे छ
तिमीलाई देखाउनु पर्दा
रक्त विजका सपना
र लेन्डुपे तानावुनाहरु

ओ !तिमी आइनै सक्यौ!
पानी सङ्लिसकेको भए
पखालेर देखाउने थिएं सफा अनुहारको मुस्कान
धुवा धुलो ले ढाक्न छोढेको भए
देखाउने थिएं
आकाश ढाकेर उडेका सेता परेवाहरु

तर तिमी आइनै सक्यौ
दक्षिण तिर बाट आइरहेको
अश्रुग्यांसको मुस्लोलाई चिर्दै ।
तिमीलाई स्वागत गर्न आतुर छु म।

ओ ! तिमी आइनै सक्यौ !
तिमीलाई अंकमाल गर्न आतुर छु म ।
– शंकर दुलाल
( नयाँ बर्ष २०७८सालको शुभकामनाका साथ)

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..