२०७८ सालको वार्षिक राशिफल

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ

२०७८ सालमा मेष राशि हुनेहरूका लागि शुभदायी नै रहनेछ । बृहस्पति र शनिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । शुभ र मङ्गल कार्यको योग पनि रहनेछ । व्यवसायीक सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । सन्तान सुख पनि मिल्नेछ । वैदेशिक यात्रा हुनेछ, तर विश्वासिलो व्यक्तिसँगको सम्बन्धमा नचाहँदा नचाहँदै चिसोपना आउनसक्छ ।

यो वर्ष प्रेममा परेका व्यक्तिहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि लिन सक्छन् । जेठ र मंसिर महिनामा तपाईंलाई कसैले मन पराउन सक्छन् र टाढिएका मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ । दाजु भाइसँग सम्बन्ध पनि बलियो नै हुनेछ ।

यो वर्ष व्यापार व्यवसायमा लगानी गर्नु नपरेपनि त्यति राम्रो नहुने र ऋण बढ्न सक्छ । खानेकुरा, पर्यटक र दलाली कारोबार त्यति राम्रो रहने छैन । शेयर बजारमा लागेकाहरूलाई समय निकै राम्रो रहनसक्छ । आर्थिक दृष्टिले असार, असोज, माघ र फाल्गुन महिना बलियो रहनेछ भने जेठ, भाद्र र पुष महिना कमजोर रहनेछ ।
साना तिना चोट- पटकको भय रहनेछ । घरपरिवारको औषध उपचारमा खर्च बढ्नेछ । वायुविकार तथा हड्डीको समस्या बढ्न सक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित होला ।
यो वर्ष अध्ययन र अध्यापनको लागि राम्रो रहेको छ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । स्वस्थ, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछन् ।

स्वास्थ्य र घरजग्गामा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् । शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । वैदेशिक रोजगार र न्यायिक क्षेत्र भने कमजोर नै हुनेछ ।
गुलाबी, पर्पल, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो ।
१, ५, ७, र ८ शुभ अङ्क हो ।

वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

यो वर्ष मध्यम फलदायी रहेको छ। कर्मभावका बृहस्पतिमाथि शनिदेवको प्रतिवेध प्रभावले वर्षभरि अवसर र व्यवधानका उतारचढाव देखापर्नेछन् भने मिहिनेतले उपलब्धि प्राप्त गर्न सफल भइनेछ। नोकरीमा प्रवेश वा पदोन्नति तथा राजनीतिमा आंशिक सफलता प्राप्त हुने र उपलब्धि जोगाउन सकिने योग छ। कृषिमा उत्पादन बढ्नेछ भने पशुपालनमा पनि सामान्य फाइदै हुनेछ। प्रयत्न गर्दा अध्ययन तथा रोजगारीमा सफल बन्न सकिनेछ। तर विदेश ताक्नेहरूले वर्षको उत्तरार्ध पर्खनुपर्ने देखिन्छ। व्यापारमा मन्दी तथा केही व्यावसायिक उतारचढाव आए पनि प्रयत्न गर्दा दिगो योजना प्रारम्भ हुने समय छ। यो वर्ष आयस्रोत सबल देखिए पनि समयमा रकम नजुट्ने र फजुल खर्च बढ्ने हुँदा अर्थ अभावले सताइरहने छ। साथीभाइको सहयोगले व्यवहार सुल्झाउन सकिनेछ। शीर्षभावमा वर्षभरि राहुको उपस्थितिले चोट, चिन्ता, भय, कष्ट, आफन्तसँग असमझदारी, धनहानि, अभाव जस्ता प्रतिकूल प्रभाव सामना गर्नुपर्ने हुन सक्छ। चिन्तन र प्रेमभावमा विकृति आउनाले प्रतिष्ठामा दाग लाग्न सक्छ। पिता–पुत्रमा व्यावहारिक प्रतिस्पर्धा हुन सक्छ। आफ्नै व्यवहारले घर–गृहस्थी समेत प्रभावित बन्ने सम्भावना छ। जन्मकुण्डलीमा बृहस्पति, शनि, राहु र केतु प्रतिकूल हुनेहरूको पारिवारिक माहोल वर्षभरि कमजोर रहनेछ। अरूका समस्या सुल्झाउने प्रयत्न गर्दा आफ्ना समस्या बल्झिन सक्छन्। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन सम्बद्ध ग्रहदेवताको पूजा, जप, अनुष्ठान आदि गर्न सकिन्छ। बृहस्पतिका लागि बगलामुखी र शिवजी तथा राहु र केतुका लागि बटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्नाले फाइदा हुनेछ। साउन, कार्तिक, फागुन र चैत महिना विशेष उपलब्धिमूलक हुनेछन्।
याँ कार्यको सुरुवात गर्नुभन्दा पहिले धेरै कुराको हेक्का राख्नु पर्नेछ । संयुक्तरुपमा गरिएको लगानि फलदायी नहुन सक्छ । निजी क्षेत्रका कर्मचारीको जागिरमा बढोत्तरी तथा पदोन्नति हुने योग छ । पत्रकारिता, चालक र पहिरन पेसामा आवद्ध व्यक्तिहरूलाई अधिक सफलता मिल्नेछ । तर यो बर्ष वैदेशिक रोजगारीको लागि भने त्यति राम्रो हुने देखिन्न । शुभ रङ्ग सेतो, निलो, खरानी, र हरियो शुभ रङ्ग हो, शुभ अङ्क २, ३, ६ र ९ शुभ अङ्क हो ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह

यो वर्ष अवसर र चुनौतीका शृंखलाहरू पार गर्दै अन्त्यमा प्रगतिको मार्ग अवलम्बन गर्न सफल भइनेछ। धर्मभावमा रहेका बृहस्पतिको प्रभावले अध्ययनमा प्रगति हुनेछ र व्यावहारिक ज्ञानको उच्चता प्राप्त गर्न सफल भइनेछ। अध्ययन तथा रोजगारीका सिलसिलामा देश–विदेश घुम्ने अवसर जुर्न सक्छ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ। घरगृहस्थी सुखद् र आनन्दमय रहनेछ। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। वर्षको उत्तरार्धमा सन्तानसुखको योगसमेत रहेको छ। कष्टभावका शनि र खर्चभावका राहुले भने यो वर्ष केही पीडादायी बन्न सक्छ। दुर्जनको संगत, दुव्र्यसन, अर्थहानि, मानहानि, स्वास्थ्य–हानि, लाञ्छना, सहयोगीहरूबाट धोका, आफन्तसँग मतभेद, गृहकलह, अभाव, बन्धन, विपत्ति, कष्ट जस्ता विघ्नबाधासँग संघर्ष गर्नुपर्ने देखिन्छ। प्रतिस्पर्धाभावका केतु प्रतिरक्षात्मक बन्ने हुँदा धेरै समस्या पार लगाउन सकिनेछ। रोगबाट छुटकारा मिल्नेछ भने शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धी कमजोर बन्नाले आफूलाई फाइदा हुनेछ। प्रगतिका लागि गरिएका प्रयासहरू आंशिक रूपमा सफल हुनेछन्। समग्रमा वर्षभरि केही उतारसचढावको शृंखला देखापर्नेछ। प्रारम्भमै संघर्ष हुनेहरूका लागि पछिल्लो समय सफलता मिल्नेछ। सुरुमा प्रगति हुनेहरूका लागि बीचमा समस्या देखापर्नेछन्। प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न समयमै ग्रहशान्ति गर्नुहोला। शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा–आराधना गर्नाले शनिदोष शान्त हुनेछ। राहुको प्रतिकूल प्रभावबाट बच्न बटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नुहोला। तुलनात्मक रूपमा वैशाख, भदौ, मंसिर र चैत्र महिना विशेष उपलब्धिमूलक बन्नेछन्।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो

यो वर्ष बृहस्पति कष्टभावमा रहनाले अवसरका लागि संघर्ष गर्नुपर्नेछ भने लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ। सामाजिक न्यायबाट वञ्चित भइनेछ भने नैतिक धरातल पनि खस्किन सक्छ। बिनाकारण आफन्त तथा शुभचिन्तकहरू टाढिन सक्छन्। यात्रा खर्चिलो र कष्टपूर्ण बन्नेछ। आम्दानी बढाउन अनीतिको सहारा लिनुपर्ने हुन सक्छ। मनमा चिन्ता, शरीरमा चोट, साझेदारीमा झमेला, व्यापारमा हानि तथा नोकरीमा दुर्गम स्थानान्तरण जस्ता समस्या आउन सक्छन्। तर, लाभस्थानका राहुको प्रभाव र बृहस्पतिमाथिको प्रतिवेधले सकारात्मक नतिजा हातलागी हुनेछ। सुरुमा अरूको सहयोग लिनुपरे पनि आयस्रोत सबल बन्नाले विभिन्न भौतिक साधन जुटाउन सकिनेछ। आस मारेको कामले लक्ष्यको मार्ग अवलम्बन गर्नेछ। मुख्य काम रोकिए पनि वैकल्पिक उपाय फेला पर्नेछन्। परिस्थितिवश धर्मकर्म र अध्ययनमा समय दिन नसकिए पनि एकान्तवासले लुकेको प्रतिभा प्रस्फुटन हुनेछ। प्रयत्न गर्दा नयाँ प्रविधिको ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। केतु र शनिको प्रतिकूलताले काममा विलम्ब, स्वास्थ्यमा प्रतिकूलता र परिवारमा असमझदारी निम्त्याउने देखिन्छ। पेसा–व्यवसायमा यो वर्ष केही उल्झन र कम प्रतिफल प्राप्त हुने सम्भावना छ। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन सम्बद्ध ग्रहहरूको पूजा, जप, अनुष्ठान गर्न सकिन्छ। शनिका लागि काली र हनुमानको आराधनाका साथै शनिवार पीपलमा जल चढाउनाले, बृहस्पतिका लागि बगलामुखी र शिवजीको उपासना गर्नाले, केतुका लागि वटुकभैरवको पूजा गर्नाले फाइदा हुनेछ। आफ्ना इष्टदेवको आराधना गर्दा पनि ग्रहदोष शान्त हुनेछ। कर्कट राशिलाई वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, कार्तिक र फागुन महिना केही कष्टदायी रहनेछन्।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे

सिंह राशिलाई कर्मक्षेत्रमा केही उतारचढाव देखिए पनि यो वर्ष सामान्य परिस्थितिबाट सफलताको उचाइ प्राप्त गर्न सकिनेछ। बृहस्पति र शनिको अनुकूल प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहने छन्। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। विद्यार्थीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने अवसर जुट्नेछ। व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ। यो वर्ष भाग्यले प्रेमपात्र जुराउनेछ। घर–गृहस्थी र सन्तान सुखको भागीदार भइनेछ। र, जीवनशैलीमा परिवर्तन आउनेछ। आँटले काम लिनेहरूका लागि ठूलो अवसर प्राप्त हुनेछ। नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ। पुरानो कामधन्दा फस्टाउनेछ। गरेको कामले नाम, दाम र इनाम दिलाउनेछ। प्रारम्भको संघर्षले अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र सहयोगीहरूले साथ दिनेछन्। कर्मभावमा राहुको उपस्थितिले कर्मक्षेत्रमा वादविवाद भने भइरहनेछ। उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुनाले धेरैको विरोधसमेत सामना गर्नुपर्ला। पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ। गृहसुखमा केतुको प्रभावले घरमा मन नअडिने र आफन्तसँग असमझदारी बढ्ने सम्भावना देखिन्छ। छाती तथा पेटको समस्याले स्वास्थ्यबाधा निम्त्याउन सक्छ। राहु र केतुको प्रतिकूल प्रभाव कम गर्न समयमै ग्रहदेवताको पूजा–अनुष्ठान गर्नुहोला। वटुकभैरव, छिन्नमस्ता र धूमावती भगवतीको पूजा–आराधना गर्नाले पनि फाइदा हुनेछ। तुलनात्मक रूपमा जेठ, असार, कात्तिक र माघ महिनामा विशेष फाइदा उठाउन सकिनेछ। साउन, मंसिर र चैत महिना अलि प्रतिकूल रहनेछन्।

कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो

उपलब्धिका लागि लामो समय संघर्ष गर्नुपर्ने वर्ष रहेको छ। बृहस्पति शत्रुभावमा रहने हुँदा अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्नेछ। स्वास्थ्य र धनको चिन्ताले सताउन सक्छ। शत्रुता साध्नेहरू जाग्नेछन् भने शुभचिन्तकहरू उदासीन रहनाले महत्त्वाकांक्षा कुण्ठित हुनेछ। साझेदारीमा असमझदारी बढ्न सक्छ। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन खिन्न रहनेछ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। परिवारजनमा विश्वासको संकट देखापर्नेछ। प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। विद्याभावमा शनि र धर्मभावमा राहुको उपस्थितिले आलस्य र उदासीन प्रवृत्ति बढ्ने हुँदा प्रगतिको मार्ग संकुचित बन्ने देखिन्छ। व्यवहारले कमजोर उपलब्धिमा सुधार ल्याउन नसकिएला। दीर्घकालीन योजना नहु“दा उपलब्धिबिनै समय व्यतीत हुनेछ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। पेटको समस्याले स्वास्थ्य कमजोर बन्न सक्छ। पराक्रमभावमा केतु रहनाले काममा आंशिक सफलता भने प्राप्त हुनेछ। उपलब्धिमूलक कार्य सम्पादन गर्न नसकिए पनि नियमित काम बन्नाले व्यवहार निर्वाह हुनेछ। प्रयत्न गर्दा रोकिएका काम सम्पादन हुनेछन् र अड्किएको धन प्राप्त हुनेछ। बृहस्पतिको प्रभावले यात्रा, धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ। अध्ययनमा लक्ष्य प्राप्त गर्न समय लाग्नेछ। विदेश ताक्नेहरूलाई वर्षको उत्तरार्ध फलदायी रहनेछ। प्रतिकूल समयमा आफ्ना इष्टदेवता, शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला। काली भगवती, वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नाले पनि काममा फाइदा हुनेछ। असार, साउन, मंसिर र फागुन महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ र पुस महिना अलि प्रतिकूल रहनेछन् ।

तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते

यो वर्ष अवसर र चुनौतीका उतारचढाव पार गर्दै विशेष उपलब्धि आर्जन गर्न सफल भइनेछ। विद्याभावका बृहस्पतिको प्रभावले उत्साहजनक सफलता प्राप्त हुनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धनआर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ भने तारिफयोग्य काम सम्पादन हुनाले मानसम्मानसमेत प्राप्त हुनेछ। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै गृहस्थी जीवन प्रारम्भ गर्ने अवसर दिलाउन सक्छ। आयआर्जनका नयाँ स्रोत फेलापर्ने छन्। नोकरीमा पदोन्नति तथा अनुकूल स्थान प्राप्त हुने सम्भावना छ। सुखभावका शनि, कष्टभावका राहु र धनभावका केतुले भने यो वर्ष समस्या र विघ्नबाधाको नेतृत्व गर्नेछन्। शनिको अढैया प्रभावले मन अशान्त भइरहने छ। परिवारमा द्वन्द्व, झुटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहनेछन्। काम बिग्रने डरले पनि सताइरहने छ। राहु र केतुको प्रभावले स्वास्थ्यबाधा, झुटा आरोप, आलोचना, अपकीर्ति, काममा विलम्ब, आर्थिक कठिनाइ, मानहानि जस्ता समस्यासँग जुध्नुपर्ने छ। समग्रमा दैनिकी संघर्षपूर्ण देखिए पनि मिहिनेतले आसलाग्दो उपलब्धि दिलाउनेछ। प्रतिकूल ग्रहको प्रभाव अनुकूल बनाउन इष्टदेवता र सम्बद्ध ग्रहको पूजा–आराधना गर्नुहोला। महाँकाल, हनुमान र काली भगवतीको पूजा गर्नाले र शनिवार पीपलको पूजा गरी जल चढाउनाले शनिदेवको दुष्प्रभावबाट मुक्त भइनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा गर्दा राहु र केतुको दोष शान्त हुनेछ। साउन, भदौ, पुस र चैत महिनामा विशेष सफलता मिल्नेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारिवारिक समस्याले केही अलमल र व्यावहारिक कठिनाइ देखिए पनि यो वर्ष उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। पराक्रमभावमा शनिदेवको अनुकूल प्रभावले नयाँ जिम्मेवारी प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ। विभिन्न भौतिक स्रोत–साधन जुट्नेछन् र दीर्घकालीन महत्त्वका कार्यहरू सम्पादन हुनेछन्। सेवा तथा परोपकारी कर्मले प्रसिद्धि दिलाउनेछ। कृषिकर्म, उद्योगधन्दा र व्यवसायमा विशेष फाइदा हुनेछ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। बृहस्पति, राहु र केतु भने यो वर्ष अलि प्रतिकूल रहनेछन्। गृहसुखमा रहने बृहस्पतिको प्रभावले घरेलु समस्यासँग जुध्नुपर्नेछ। सत्यका पक्षमा लाग्दा दुःख पाइनेछ। अरूको विचारलाई बेवास्ता गर्ने प्रवृत्तिले शुभचिन्तकहरू टाढिनेछन्। घर–परिवारमा मतभेद देखापर्न सक्छ। परिस्थितिले साझेदारी तथा संयुक्त आधारशिला विखण्डन गरी एकल अवधारणामा अवतरित गराउनेछ। साझेदारीमा बाँडफाँट र सगोलको सम्पत्तिमा भागबन्डा लाग्ने सम्भावना छ। दाम्पत्यभावमा राहुको उपस्थितिले गृहस्थी सुखमा बाधा पुग्नेछ। प्रेममा मनमोटाव वा बिछोडसमेत निम्त्याउने हुँदा गृहस्थीको जग कमजोर हुनेछ। केतुको प्रभावले विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ। परिस्थितिवश लोकमा अपकीर्ति फैलिने र मानहानि हुने सम्भावना देखिएकाले सजग रहनुपर्नेछ। जन्मसमयमा बृहस्पति, राहु र केतु प्रतिकूल हुनेहरूले सम्बद्ध ग्रहदेवताको आराधना र अनुष्ठान गर्दा शुभफल प्राप्त हुनेछ। बृहस्पतिका लागि शिवजी र बगलामुखी तथा राहु र केतुका लागि बटुक भैरव तथा छिन्नमस्ता र धूमावती भगवतीको पूजा गर्नुहोला। यो वर्ष वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन्।

धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

यो वर्ष आसलाग्दो मध्यम परिवेशबाट उचाइतर्फ अग्रसर हुँदै मध्यान्तरमा लक्ष्य प्राप्त गर्न सफल भइनेछ। वर्षभरि राहु अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त भइरहनेछ। रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त भइरहनेछ। प्रतिस्पर्धीहरूलाई उछिन्दै सम्मानित स्थान हासिल गर्न सफल भइनेछ। व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट पनि फाइदा हुनेछ। विशेष यन्त्र र सवारीसाधन आदि प्राप्त हुने समय छ। कृषि, पशुपालन र उद्योगतर्फ विशेष फाइदा हुनेछ। वर्षभरि धनभावमा रहने शनिदेवको अन्त्य साढेसाती चल्ने हुँदा आर्थिक क्रियाकलापमा मन्दी आउनेछ र धनको अभाव भइरहनेछ। कम आम्दानी, अत्यधिक खर्च, काममा विलम्ब, अवरोध, तीव्र आलोचना, अस्वस्थता जस्ता समस्याहरूसँग जुध्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। खर्चभावमा केतुको उपस्थितिले फजुल खर्च, झूटा आरोप, यात्रामा कष्ट पाउमा चोटपटक जस्ता समस्या देखापर्नेछन्। पराक्रम–भावका बृहस्पति केही प्रतिरक्षात्मक रहे पनि आफ्नो उन्नतिमा आँखा लगाउनेहरू प्रशस्त हुनेछन्। चुनौतीपूर्ण काम अँगाल्नाले व्यवहारमा अनेक प्रकारका नैतिक संकट आइलाग्न सक्छन्। पहिलेको उपलब्धि र प्रतिष्ठा जोगाउन सदैव क्रियाशील रहनुपर्ने छ। समस्या दर्साउँदा शुभचिन्तकहरूको साथ–सहयोग जुट्नेछ। अध्ययनमा सामान्य उपलब्धि प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई यात्रा सम्भावित देखिए पनि कालान्तरमा समस्या झेल्नुपर्ने छ। जन्मकुण्डलीमा प्रतिकूल शनि हुनेहरूले काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ। केतुको दोषबाट बच्न वटुकभैरव र धूमावती भगवतीको पूजा–आराधना गर्नुहोला। जेठ, असोज, कार्तिक र फागुन महिना विशेष अनुकूल रहनेछन्।

मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मकर राशि हुनेहरूका लागि यो वर्ष शुभ फलदाई रहनेछ । बृहस्पति र केतुको अनुकूलताले यश, कृति, लाभ, विजय, वाक्सिद्ध हुने र आफन्तको सहयोग मिल्नेछ । राहु र शनिको साढेसातीको कारण जातकहरूलाई गरेको कार्यमा उल्झन, ढीलासुस्ती, काम बिग्रने र चोटपटकको भय पनि रहनेछ, तर जन्मकुण्डलीमा शनि लागायत अन्य ग्रह राम्रो हुनेहरूका लागि शुभ फल मिल्ने, विद्या र बुद्धिको विकाश हुने र चमत्कारी ढङ्गले सफलता दिलाउनेछ । यो वर्ष एजेन्ट, जग्गा जमीन र मोटरगाडीबाट चमत्कारी लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत विमा र बैंकिंग क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । ठेक्कापट्टा र सेवामुलक व्यावसायबाट बढी सफलता पाईनेछ । आर्थिक दृष्टिले असार,कात्तिक र मंसिर महिनामा बढी फलदाई हुनेछ । प्रेम र मित्रताको बन्धन प्रगाढ बन्दै जानेछ । पूराना र टाढीएका मित्रसँग सामीप्यता बढ्नेछ । दाम्पत्य जीवनमा केही मतभेद भए पनि मायाँ एवं समझदारी भने कायम नै रहनेछ । शनि कमजोर रहने जातकहरूलाई वाणीमा लगाम लगाउन आवस्यक देखिन्छ, अन्यथा जूनसुकै सम्बन्ध पनि बिग्रन सक्छ । विज्ञान र शिक्षाशास्त्र विषयका विद्यार्थीहरूलाई बढी सफलता मिल्नेछ । शिक्षको लागि वैदेशिक क्षेत्रमा रहेका विद्यार्थीहरूलाई भने यो वर्ष त्यति राम्रो देखिन्न । मेजर विषय भाषाहुने विद्यार्थीहरू पनि कमजोर हुनसक्छन् । यो वर्ष नयाँ कार्यको थालनी र गरेको लगानीले राम्रो सफलता पाउनेछ । वैदेशिक रोजगार भने सामान्य नै रहनेछ । सञ्चार, प्राविधिक, तथा मनोरञ्जन पेसामा आवद्ध व्यक्तिहरूलाई भने बढी सफलता मिल्नेछ । पर्यटन र कृषीको लगानीमा भने झमेला र समस्या बढ्न सक्छ । यो वर्ष स्वास्थ्यमा उतार चढाव आउन सक्छ । नयाँ रोग देखा पर्नाले अस्पतालको यात्रा गर्नु पर्ला, त्यसैले खानपिनमा साबधानि र नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । हड्डी तथा रक्त संचारमा पनि सामान्य समस्या आउन सक्छ । शुभ रङ्ग नीलो, गुलाबी, कालो, पहेँलो र खैरो शुभ रङ्ग हो । शुभ अङ्क ३, ६, ७, र ९ शुभ अङ्क हो । प्रत्येक शुक्रवार लक्ष्मीजीको दर्शन, पूजा र उपासना गर्नाले ग्रहपीडा कम भई समृद्धता मिल्नेछ । असहायलाई खुसि पार्नसके आकस्मिक सफलताहरू मिल्नेछन् । आफ्नो जन्मवार शाकाहारी भोजन र रोगीहरूको उपकार गर्नाले पनि सफलता मिल्नेछ । आफ्नो सत्कर्म गर्ने र सत्य बोल्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द

२०७८ साल कुम्भ राशि भएका व्याक्तिहरू सामान्य रहनेछ । घरमा शुभ र मङ्गल कार्यको आयोजना हुनेछ । रोकिएका वैदेशिक क्षेत्रका कामहरू सहजै अघि बढ्नेछ । शनिको आद्य साढेसाति, राहु, र वृहस्पतिको प्रभावले झुटा आरोप, वादविवाद, डर र चिन्ता बढ्न सकछ, तर जन्म कुण्डलीमा शनिग्रह राम्रो पोजिसनमा भए शनिदेवले उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन् । यो वर्ष कुम्भ राशिका जातकहरूलाई व्यापार / व्यवसायबाट लाभ नै मिल्नेछ । प्राविधिक, फैंसी तथा सजावटीको क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । सेयर बजार अन्तर्गत विमाक्षेत्र बढी राम्रो रहला । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने शनिको कृपाले निर्माण, धातु, मेसेनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, साउन, मंसिर र पुष महिना शुभ रहनेछ । यसपाली प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ, साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउने र आफन्त पनि टाढिनसक्छन् , अत: नयाँ सम्बन्ध नजोडेकै राम्रो हुन्छ । तर जन्मकुण्डलीमा सप्तम भावको पोजीसन राम्रो आफ्नो अनुकूलताको शुभ फल पाईनेछ ।
अध्ययन र अध्यापनमा रूचि बढ्नेछ । वीवेक र बुद्धिको विकाश हुँदै जानेछ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेश भन्दा बढी सफलता हाँसिल गर्नेछन् । आर्किटेक्चर एवं विज्ञान क्षेत्रका शिक्षार्थीहरूलाई बढी सफलता मिल्नेछ । जेठ, र साउन महिनामा विद्यामा ह्रास आउनसक्छ । यो वर्ष नयाँ रोजगार पाईने र ठाउँ परिवर्तनको योग रहेको छ । सरकारी पद र ठूला सङ्घ सस्थामा आवद्ध पनि हुन सकिनेछ । वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा दुख पाईने र अपजस खेप्नु पर्ला । असोज महिनामा कमहरू अधुरै रहन सक्छन् । आफ्नो पेसाबाट राम्रो फाईदा मिल्नेछ तर, विपक्षी भने बढ्न सक्नेछन् । मानसिक चिन्ता र समस्या बढ्न सक्छ । रक्त विकार र चोटपटकको भय पनि उत्तिकै रहनेछ । ग्यासटिकको समस्या बढ्न सक्छ त्यसैले खानपिनमा ध्यान दिनु र व्यायाम गर्नु हितकर हुन्छ । शुभ रङ्ग कालो, पर्पल, खैरो र गुलाबी शुभ रङ्ग हो । शुभ अङ्क १, ३, ६, ७ र ९ शुभ अङ्क हो ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि

मीन राशिलाई यो वर्ष केही खर्चिला काम गर्नुपर्ने परिस्थिति आए पनि यात्रा, धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ। खर्चभावका बृहस्पतिको प्रभावले फजुल खर्च नियन्त्रित हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि अनुभवले ज्ञान आर्जन गर्ने अवसर प्राप्त हुनेछ। विदेश ताक्नेहरूलाई पनि वर्षको मध्यतिर साइत जुर्न सक्छ। सानो लगानीले ठूलो उपलब्धि दिलाउन सक्छ। वर्षभरि लाभस्थानमा रहने शनि र पराक्रमभावमा रहने राहुको प्रभावले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्य आम्दानी हुनेछ। भौतिक सुख–सुविधा बढ्नेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त भइरहनेछ। सेयर, उद्योग र ठेक्कापट्टाबाट मनग्य फाइदा हुनेछ। बहुमूल्य धातु, यन्त्र र सवारीसाधन प्राप्त हुने समय छ। कृषि, नोकरी, व्यापार तथा अन्य पेसा–व्यवसायमा पनि राम्रो लाभ हुनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। सुरुको मिहिनेतले वर्षभरि फाइदा दिनेछ। मिहिनेतीहरूका लागि यो वर्ष भाग्योदयका साथ जीवनको उज्यालो पक्ष प्रारम्भ हुनेछ। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। धर्मकर्म तथा परोपकारी काममा प्रवृत्त भइनेछ। अध्ययनले नया“ गति लिनेछ। पढाइ तथा रोजगारीका सन्दर्भमा देश–विदेशको भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। प्रयत्न गर्दा घरजग्गा लगायत स्थायी सम्पत्ति जोड्न सकिनेछ। बृहस्पतिको कमजोर प्रभावबाट बच्न शिवजी र बगलामुखी भगवतीको पूजा–आराधना गर्नुहोला। आर्थिक रूपमा जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल देखिएकाले संयमित भएर काम गर्नुहोला।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..