केही दिनघि नै मरेका व्यक्ति उठेर–‘गल्तीले यमराजले लगेका रहेछन्’ भनेपछि मच्चियो बबाल

भारतको उत्तर प्रदेशमा एउटा यस्तो घटना सार्वजनिक भएको छ, जसले सबैलाई आश्चर्यमा परेको छ। एउटा गाउँमा एक जनाको मृत्यु भएको थियो, मृतकलाई लिएर मलामीहरु अन्तिम संस्कारका लागि घाटतिर जाँदै थिए, तब अचानक मृतक ब्युँतिए ।

यसरी अचानक लाश ब्युतिएपछि मलामहरुबीच बबाल मच्चियो । भागदौग सुरु भयो । त्यसपछि मृतकले भने–मलाई त यमराजले गल्तीबस लगेका रहेछन् । यद्यपि यस्तो कुरालाई विज्ञानले भने स्वीकार गर्दैन ।

उत्तर प्रदेशको अतरौली थाना क्षेत्रको गाउँ किरथला निवासी ५३ वर्षिय राजकिशोरको केही दिनअघि मृत्यु भएको थियो । परिवारजनले उनको अन्तिम संस्कारको तयारी सुरु गरेका थिए ।

उनको अन्तिम संस्कारका लागि लगिँदै थियो। तर अचानक उनको शरीरमा हलचल देखियो । फेरि उनी उठेर बसे । रामकिशोरले उठेर मलामीहरुलाई भने–अरे म त एकदम ठिक छु ।

मृत्यु भएपछि रामकिशोर कहाँ गए, के गरे ? यस विषयमा उनले भने–मलाई धेरै कुरा त याद छैन तर म जहाँ गएको थिएँ, त्यहाँ दाह्रीवाल केही महात्माहरु आफ्ने कुनै गुरु वा प्रमुखसँग कुरा गर्दै थिए । प्रमुखले उनका बारेमा कयौ पैश्न गरे र फेरि सोधे कि ‘यसलाई किन लाएको, यसलाई लैजाउ, अहिले नै यसको समय आएको छैन ।

राजकिशोरका अनुसार महात्माले यति भन्ने बित्तिकै उनलाई एक धक्का लाग्यो र उनको निद्रा खुल्यो । तब उनले देखे कि मानिसहरु अन्तिम संस्कारका लागि लगिँदै थियो ।

यसअघि पनि भारतको उत्तर प्रदेशकै फिरोजावाद जिल्ला सदरमुकामदेखि केही टाढा रहेको गाउँ मुख रामपुरका वृद्ध ज्ञान सिंह पनि चिताबाट उठेका थिए । घटना यही फेब्रुअरीको हो । ज्ञान सिंहले भनेका थिए कि मरेपछि उनलाई दुई जनाले घिस्याउँदै लगे तर जुन ढोकाबाट उनी भित्र जानु थियो, त्यो ढोका नै खुलेन । तब उनलाई फर्कन भनियो, जब उनले अस्वीकार गरे तब उनलाई लातो लौरोले पिटियो र उनीमाथि उम्लेको पानी हालियो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..