घिन नमान्नुस्, एउटा मानिसको दिसा अर्को मानिसमा हालेर पनि यस्ता गम्भीर रोगको उपचार हुन्छ

दिसा ट्रान्सप्लान्ट अर्थात एउटा व्यक्तिको दिसा अर्को व्यक्तिको शरीरमा हाल्नु शायद मेडिकल प्रक्रियामा सबैभन्दा दुर्गन्धित र विचित्रको प्रक्रिया हुनेछ, स्पष्ट छ, यसलाइ अन्जाम दिन पनि त्यति नै कठिन हुनेछ ।

तर प्रश्न यो हो कि यस्तो गरियौ किन ? के यसबाट हाम्रो पाचनतन्त्रलाई कुनै फाइदा हुन सक्छ ? के यसबाट कसैको जीवन बचाउन सकिन्छ ?

यो प्रक्रियाले सावित गर्दछ कि जीवाणुहरुले हाम्रो शरीरमा निकै महत्वपूर्ण भूमिका हुन्छ । यसमा हाम्रो स्वास्थ्यको दशा र दिशा जोडिएको हुन्छ ।

हाम्रो आन्द्राको जगतमा अलगअलग प्रजातिका जीवाणु पाइन्छ र यो सबै एकअर्कासँग अन्तरसम्बन्धित हुन्छन् । यसको सम्पर्क हाम्रो प्लान्ट टिश्युहरुसँग पनि हुन्छ ।

जसरी हाम्रो परिस्थितिको तन्त्रलाई दुरुस्त राख्नमा जंगल र वर्षाको भूमिका हुन्छ, त्यसरी नै हाम्रो भित्री भागमा पनि एउटा परिस्थितिहरुको तन्त्रले काम गर्दछ, जसबाट सबै कुरा नियन्त्रणमा रहन्छ । तर, कोलस्ट्रिडियम डिफिसाइल (सी. डिफिसाइल) एउटा यस्तो जीवाणु हो, जसले हाम्रो भूडीमा आफ्नो नियन्त्रण गर्दछ । यो ब्याक्टेरियाले एन्टिबायोटिक औषधि सेवन गर्ने व्यक्तिमाथि आक्रमण गर्दछ र पेटसम्बन्धी समस्या उत्पन्न गराउँछ ।

आधुनिक समयमा एन्टिबायोटिक औषधिहरु कुनै चमत्कारभन्दा कम छैन । तर यसले जंगलको आगोजस्तै राम्रो र नराम्रो दुवै जीवाणुहरुलाई नष्ट गरिदिन्छ । परिणामतः पेटभित्र सी. डिफिसाइल जन्मने स्थान तयार हुन्छ ।

आफ्नो शरीरलाई बुझ्नुस्

–तपाई एउटा मानवभन्दा बढी जीवाणुहो। यदि आफ्नो शरीरमा कोशिकाहरुको गन्ती गर्नुभयो भने थाहा पाउनु हुनेछ तपाई ४३ प्रतिशतमात्र मनुष्य हो ।

–यसका साथै हाम्रो शरीरमा जीवाणु, विषाणु, माइकोलजी, कोषीय जीवाणु छ।

–मानिसको अनुवांशिकताको सिधा सम्बन्ध जीनसँग हुन्छ र जीन्स डीएनएबाट बन्दछ । हाम्रो शरीरमा २० हजार जिन्स हुन्छन्।

–तर, यदि यसमा हाम्रो शरीरमा पाइने जीवाणुहरुको जीन्स पनि मिलाउने हो भने तब यो आँकडा करिब २० लाखदेखि २०० लाखसम्म हुन सक्दछ र यसलाई सेकेन्ड जीनोम भनिन्छ

सी. डिफिसाइलको संक्रमण भएपछि मानिसलाई हरेक दिन कयौपटक पातलो दिसा लाग्न सक्दछ र कहिलेकाहिँ दिसामा रगत पनि आउन सक्छ । साथै घातक संक्रमण भएको खण्डमा पेट दुख्ने र ज्वरो पनि आउन सक्दछ ।

यसको उपचारका लागि जुन विकल्प उपलव्ध छ, त्यसमा सबैभन्दा उत्तम हो एन्टीबायोटिक जसले पुनः सी. डिफिसाइल संक्रमणका लागि बातो बनाउँछ , अर्थात एउटा कुचक्र हो ।

दिसा ट्रान्सप्लान्ट वा फेरी भनौ ‘दिसामा रहेको ब्याक्टेरियाको ट्रान्सप्लान्ट’को माध्यमबाट रोगीको आन्द्रामा पुनः राम्रा ब्याक्टेरिया हाल्न सकियोस्, जसबाट स्वास्थ्यमा सुधार हुन सकोस् ।

यो कामका लागि आमरुपमा व्यक्तिका नातेदारको दिसा प्रयोग गरिन्छ । यसो मानिन्छ कि उनीहरुको पेटमा समान ब्याक्टेरिया हुन्छ । यसका लागि एउटा ‘नमूना’ तयार गरिन्छ, जसमा पानी मिलाइन्छ ।

केही अन्य प्रविधिमा दिसालाई हातले मिलाइन्छ, जबकि केही मामिलामा एउटा ब्लेन्डरको प्रयोग गरिन्छ । यो दुई तरिकाबाट विरामीको शरीरभित्र पुराइन्छ, एउटा मुखको माध्यमबाट र अर्को मलद्वारको माध्यमबाट ।

अमेरिकाको वाशिंगटनमा पेसिफिक नर्थवेस्ट नेशनल लेबोरेटरीमा माइक्रोबियल इकोलजिस्ट डाक्टर जेनट जेनसन उक्त टिमका हिस्सा थिए, जो यो साविध गर्ने कोशिस गरिरहेका थिए कि दिसा ट्रान्सप्लान्टले काम गर्न सक्दछ ।

उनका ६१ वर्षीया विरामी लगातार आठ महिनासम्म पेटको समस्या र पीडाबाट ग्रस्त थिए र यसैका कारण विरामीको २७ किलो तौल कम भएको थियो । डाक्टर जेनसन भन्छिन्–उनी सी. डिफिसाइलको संक्रमणबाट ग्रस्त थ्एि र उनी मृत्युको अवस्थामा पुगेका थिए । उनीमाथि कुनै एन्टिबायोटिकले कुनै असर गरिरहेको थिएन ।

उनको शरीरमा उनकै श्रीमानबाट लिइएको स्वस्थ दिसा ट्रान्सप्लान्ट गरियो । डाक्टर जेनसनले बीबीसीसँग भनिन्–मलाई आफ्नै सफलतामा आश्चर्य लाग्यो ।

उनले भनिन्–आश्चर्यजनक रुपमा दुई दिनपछि उनी समान्य भएकी थिइन् र उनको पेट पनि ठिक भयो । उनी तन्दुरुस्त भएकी थिइन् ।

परीक्षणबाट थाहा भयो कि यो प्रक्रिया करिबकरिब ९० प्रतिशतसम्म असरदार हुन सक्दछ। यो प्रविधिमा सकारात्मक परिणाम आउनु केही मानिस स्वयमले आफ्नो शरीरमा यो प्रक्रिया अपनाउने उत्साह प्राप्त भएको छ। अमेरिकामा ओपनबायोमजस्ता समूह गठन गरिएका छन्, जुन दिसा राख्ने र ट्रान्सप्लान्टका लागि बाँड्ने एउटा सार्वजनिक बैंक हो ।

स्वयम दिसा ट्रान्सप्लान्ट कसरी गर्ने ?

तर, के सी. डिफिसाइलको उपचारको अलवा दिसा ट्रान्सप्लान्टको कुनै अरु मेडिकल उपयोग पनि छ ?

करिबकरिब सबै रोगमा मानिसको शरीर र शरीरमा रहेको जीवाणुबीचको सम्बन्धलाई जाँचिन्छ । सी. डिफिसाइलका कारण भूँडी (आन्द्रा)मा जलन, पेटसम्बन्धी रोग, मधुमेह र पार्किन्सन्सको रोग हुन सक्दछ । यसकारण क्यान्सरको औषधिको असर पनि कम हुन सक्दछ र रोगीमा डिप्रेशन र आँटिज्म हुन सक्दछ ।

तर यसको अर्थ यो पनि होइन कि दिसा ट्रान्सप्लान्टको परिणााम सबै सकारात्मक नै हुनेछ । सन् २०१५ मा आएको एउटा रिपोर्टअनुसार एक महिलामा उनकी छोरीको दिसा ट्रान्सप्लान्ट गरियो, त्यसपछि उनको तौल १६ किलोसम्म बढ्यो र उनलाई मोटी करार दिइयो ।

कुनै मोटो मानिसको दिसा कुनै मुसामा ट्रान्सप्लान्ट गरेर त्यसलाई बाक्लो वा पातलो बनाउन सकिन्छ । यद्यपि अहिलेसम्म यो कुराका विषयमा सहमति बनिसकेको छैन कि यस्तै नतिजा मानिसमा आउने छ कि छैन ।

साथै यो ट्रान्सप्लान्टकासाथ खतरनाक रोग उत्पन्न गर्ने जीवाणु पनि ट्रान्सप्लान्ट हुने अधिक जोखिम पनि रहन्छ । यही कारण हो कि वैज्ञानिकहरु कोशिस गरिरहेका छन् कि सिधै दिसा ट्रान्सप्लान्ट गर्नुको सट्टा ब्याक्टेरियाको कम्बिनेशन ट्रान्सप्लान्ट गर्न सकियोस् ।

वेलकम सेंगर इन्स्टिच्युटका डाक्टर ट्रेवोल लाँली भन्छन् कि आउने समयका लागि यस्तो उपचारलाई थप परिस्कृत गर्नु जरुरी छ।

उनी भन्छन्–दिसा ट्रान्सप्लान्ट गर्नु एउटा नयाँ प्रकारको प्रक्रिया हो र जब तपाई पहिलोपटक कुनै औषधि तयार गर्नुहुन्छ तब यो जरुरी हुन्छ कि विरामीको सुरक्षालाई प्राथमिकता दिइयोस ।

‘हामीलाई अब थाहा छ कि यसको माध्यमबाट कुन प्रकारका जीवाणु शरीरमा हालिन्छ । त्यसैले यदि तपाईसँग कुनै यस्तो मिश्रण छ, जुन सुरक्षित सावित भइसकेको छ तब यो समस्याको सामना गर्न सकिन्छ ।’

हुन सक्छ कि यो जीवाणुहरुका लागि औषधिको भविष्य नै छैन अर्थात मानिसको शरीरमा जीवाणुका कारण हुने समस्या पहिचान गर्नु र त्यसको उपचार गर्नु । जेम्स गैलाघर, बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..