नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक बस्दै, समसामयिक विषयमा छलफल हुने

वैशाख ६, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सोमबार बस्दैछ । दिउँसो १ बजेपछि बस्ने बैठकमा सरकारलाई दिँदै आएको समर्थन फिर्तालगायतका समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको बताए ।

पछिल्लो समय केपी ओली सरकार ढाल्न दलहरुबीच निरन्तर छलफल हुँदै आएपनि ठोस सहमति हुन सकेको छैन । सोही कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन ढिलाइ गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..