गम्भीर विवादका बीच नेकपा एमाले बैठक बस्दै

वैशाख ६, काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक सोमबार बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

केन्द्रीय सदस्य खिमलाल भटराईले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता भटराईको भनाइ छ । त्यस्तै कर्णाली प्रदेशका नेपाल पक्षीय नेताहरुलाई पार्टीबाट निष्कासन हुने बताइएको छ ।

ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने रुष्ट बनेको छ ।

पार्टीभित्रको विवादका विषयमा निर्णय दिन आग्रह गर्दै सो समूह आइतबार नै निर्वाचन आयोग पुगेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..