कोरोना सङ्क्रमित दुईको मृत्यु

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसका सङक्रमित दुई जनाको मृत्यु भएको छ । कोरोना भाइरसबाट सङ्क्रमित बझाङ जिल्लाका ४८ वर्षीय पुरुष र अछाम जिल्लाका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ ।

मृतक दुवै जनाको एन्टिजेन परीक्षण गर्दा कारोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । निर्देशनालयको तथ्याङ्कका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लाका गरी थप ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

विभिन्न अस्पतालको सघन उपचार कक्षमा १० जना र तीन जनाको भेन्टिलेटरमा राखेर उपचार व्यवस्थापन भइरहेको छ । प्रदेशमा कोभिड–१९ का ३७८ जना सक्रिय बिरामीमध्ये ७५ जना विभिन्न अस्पतालका आइसोलेशनमा र अन्य सक्रिय सङ्क्रमित स्थानीय तहका आइसोलेशनमा रहेका छन् ।

भारतमा पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण र मृत्युदर बढ्दै गएसँगै सुदूरपश्चिम प्रदेशमा पनि यो रोगको सङ्क्रमणदर पछिल्ला दिनमा उकालो लागेको छ । भारतबाट फर्किनेमा यो रोगको सङ्क्रमण बढी देखिएको जनाइएको छ ।

नेपाल फर्किनेमा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको पत्ता लगाउन सीमा क्षेत्रका ‘हेल्थ डेस्क’ मार्फत एन्टिजेन परीक्षण गर्ने कार्य भइरहेको छ । सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लालाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम जिल्लाका रुपमा लिइएको छ ।rss

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..