पर्सामा थपिए १२४ जना कोरोना संक्रमित

वैशाख १५, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणका क्रममा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार २ सय १० जनाको पीसीआर परीक्षण गर्दा १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएपछि वीरगञ्जमा एकै दिन नयाँ संक्रमित फेला परेको यो नै सबैभन्दा बढी हो ।

नयाँ संक्रमितमध्ये ९६ जना पर्साका, २५ जना बाराका छन् भने महोत्तरी, सर्लाही र चितवनका १÷१ जना संक्रमित छन् । तीमध्ये ३४ जना महिला छन् ।

१६ देखि ७० वर्ष उमेर समूहका संक्रमितको सिटी भ्यालु १६ देखि ३४ रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..