सही जवाफ चाहियो ? बाटो विराए महिलालाई सोध्नुस्

लण्डन । यदि आगामी दिनमा तपाई कतै बाटो बिराउनु भयो र आफ्नो गन्तव्यसम्म पुग्नका लागि कसैसँग बाटो सोध्नु छ भने सही जवाफ पाउनका लागि कुनै महिलासँग सोध्नुस् ।

एक अध्ययनमा दावी गरिएअनुसार बाटो बताउने विषयमा महिलाहरु पुरुषको तुलनामा ठिक हुन्छन् । अध्ययनमा यदि कुनै अन्जान बटुवालाई बाटो बताउनु छ भने महिलाहरु पुरुषभन्दा कयौ गुना बढी उत्तम सावित हुन्छन् ।

यो तथ्य महिलाका बारेमा अहिलेसम्म रहंदै आएको धारणाविपरीत छ । अहिलेसम्मको धारणामा महिलालाई बाटोको बारेमा याद रहन्न भन्ने थियो । एक बेलायती अखबारमा प्रकाशित खबर अनुसार यो रिपोर्ट ३० पुरुष र ३० महिलामा गरिएको अध्ययनको आधारमा निकालिएको निष्कर्ष हो ।

जनरल अफ प्रैगममैटिक्समा प्रकाशित रिपोर्टमा अध्ययनकर्ताहरुले महिला र पुरुषलाई गन्तव्यसम्म पुग्नलाई कति दुरी हिड्नु पर्ला भनेर सोधेका थिए । दुई तिहारई पुरुषले ये प्रश्नको गलत उत्तर दिएका थिए जवकि आधा महिलाले सही उत्तर दिएका थिए । यसरी दिशा र बाटो बताउने विषयमा पुरुषको तुलनामा महिला बढी सही हुने गर्दछन् भन्ने निष्कर्ष निकालिएको हो । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..