केही खाने बित्तिकै ‘गर्भवती’ हुने अचम्मको रोग

तपाईले धेरै प्रकारका गम्भीर विमारी वा रोगका विषयमा सुन्नु भएको होला । तर, यसप्रकारको रोगका बारेमा भने पक्कै सुन्नु भएको छैन होला । किनभने यी युवतीको रोग जति दुर्लभ छ, त्यति नै आश्चर्यजनक पनि ।

सामान्यतः महिलाको गर्भको पेट बेबी पम्प) तेस्रोदेखि चौथो महिनाबाट देखिन थाल्छ । तर, यी युवतीमा यस्तो हुँदैन । यी युवती खाना खाने बित्तिकै ‘गर्भवती’ हुने गर्छिन् त्यो पनि पुरै ९ महिनाको ।

न्युज पोर्टल डेली मेलका अनुसार रशेल हर्लेको शरीरमा केही यस्ता कोशिकाहरु छन् जसलाई कैयौपटक निकाल्ने कोशिस गरियो । तर, त्यो पटकपटक वापस आउने गरेको छ। यो रशेलको यौनअंगका लागि पनि खतरनाक मानिएको छ।

सामान्यत रशेल जब केही खान्छिन् तब उनको पेट फुलेर आउछ र कमजोरी सुरु हुन्छ । यस्तो होइन कि रशेल उपचार गराउने बारेमा सोचिनन् । अक्टोबर महिनादेखि उनी अस्पतालमा छिन् । तर, चिकित्सकले पनि उनको सहयोग गर्न सकेका छैनन् । रशेल अब बढीभन्दा बढी पैसा जम्मा गर्ने कोशिसमा छिन् । त्यो पैसाले उनी राम्रो उपचार गराउन चाहन्छिन्

१९ वर्षीया रशेललाई यो रोगका विषयमा नोभेम्बर २८ मा थाहा भएको हो । जब उनी सुतेकी थिइन् अचानक पेट बढ्न लाग्यो । रशेल भन्छिन्–यो रोगका कारण म केही पनि राम्रोसँग खान सकिरहेकी छैन । जसका कारण उनको तौल निरन्तर घटिरहेको छ। तौल घटे पनि केही खाने बित्तिकै उनको पेट बढ्ने गर्दछ ।रशेल अब चाँडोभन्दा चाँडो यो रोगबाट छुटकारा पाएर सामान्य जीवन बाँच्न चाहन्छिन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..