पूर्वप्रधानमन्त्री ओलीले आफैँले बेहोर्ने घोषणा गरेको सिंगापुरमा उपचार खर्च १ करोड १६ लाख सरकारबाट भुक्तानी

साउन ८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुदा राज्य कोषबाट नै सिंगापुरमा उपचार गराएको प्रमाण राजमार्ग डट कमले फेला परेको छ । सार्वजनिक पदमा रहेका कुनै पनि व्यक्तिले विदेशमा गर्ने उपचार खर्च सरकारले नबेहोर्ने निर्णय ओलीकै पालामा भएको थियो । तर ओलीले आफ्नौ निर्णय विपरित सरकारी रकमको दुरुपयोग गरि उपचार गरेको प्रमाण फेला परेको हो । तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री ओली आफ्नो निजी खर्चमा उपचार पत्रकारसम्मेलन गरेर जानकारी दिएका थिए ।

उच्च स्रोतले दिएको प्रमाण अनुसार नेसनल युनिभर्सिटी अस्पतालमा उपचारका क्रममा ३० हजार ७ सय १७ सिंगापुर डलर थाइल्याण्ड स्थित नेपाली दुतावास मार्फत तिरिएको छ । सो रकम अहिलेको विदेशी विनिमयदर अनुसार २६ लाख ७२ हजार ३ सय ७९ रुपैया बराबर हुन आउछ ।

सिंगापुरमा जानु अघि मन्त्रिपरिषद् बैठकबाट ओलीले उपचारका क्रममा लाग्ने खर्च सरकारले नव्यहोर्ने निर्णय गरेका थिए । त्यतिवेला सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भ्रमण टोलीका सदस्यहरुको टिकट खर्च सरकारले दिने जानकारी गराएका थिए । प्लेन खर्च बाहेक अरु सबै निजी खर्च भएको पत्रकार सम्मेलन गरी जानकारी दिएका थिए । साथै बास्कोटाले उपचार खर्च ओली स्वयंमले आफै व्यवस्थापन गर्ने जानकारी दिएका थिए ।

आफ्नो उपचार खर्च ओली आफैँले बेहोर्ने भनिए पनि त्यो अरू कसैले बेहोरेको आशंका गरिएको थियो । सिंगापुर सरकारले वा अन्य कसैले बेहोरेको भए पनि देशलाई जानकारी दिनुपर्ने आवाज त्यति वेला उठेको थियो ।

विवादित प्रस्तावित काठमाडौं नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारी र जनसम्पर्क सल्लाहकार अच्युत मैनालीलगायतका ब्यक्ति त्यतिवेला सिंगापुर पुगेपछि उनीहरूले खर्च बेहोरिदिएको आशंका पनि गरिएको थियो भने ओलीलाई भेट्न व्यवसायीको लस्कर पनि सिंगापुर पुगेको थिए । तर उपचार गरि स्वदेश फर्किएपछि ओलीले २०७६ असोज २३ गते बसेको मन्त्रिपरिष्द बैठकवाट १ करोड १६ लाख ३७ हजार ७ सय ४६ रूपैया निकासा गराएको तथ्य सार्वजनिक भएको छ ।

सिंगापुर उपचारमा लाग्ने रकम नलिने घोषणा गर्ने तर मन्त्रिपरिषद्बाट नै रकम निकासा गरेपछि ओलीले महालेखा प्रतिवेदनमा सो रकमको शिर्षक समावेश नगर्न दवाव दिएका थिए ।

२०७६ साल साउन १८ गते ओली सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल उपचारका लागि गएका थिए र एक हप्ता उपचार गराएर साउन २७ गते स्वदेश फर्केका थिए । तर स्वास्थ्यमा फेरि समस्या देखिएपछि उनी एक सातामै दोस्रो पटक सिंगापुर गएका थिए । त्यसवेला ओलीको सिंगापुरमा गरिएको उपचार विवरण सार्वजनिक नगरिएको भन्दै टिप्पणी र आलोचना समेत भएको थियो ।

१२ वर्षअगाडि भारतको दिल्लीस्थित अपोलो अस्पतालमा ओलीको मिर्गौला फेरिएको ट्रान्सप्लान्ट गरिएको थियो । मिर्गौला फेरेपछिको परिवर्तित अवस्थाको उपचार ओलीले आवश्यकता अनुसार बैंकक र सिंगापुरमा गराउदै आउएका थिए ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..