यस्तो व्यवस्था गरे कार्यालयमा यौन शोषण कम हुने रहेछ

‘मैले भर्खरै आफ्नो घर शिफ्ट गरेको छु । के तिमी मेरो घर आएर मेरो ओछ्यान प्रयोग गर्न चाहन्छ्यौ ।’

शारलेट एक जना वकिल हुन् र उनलाई यस्तो म्यासेज एक जना उनकै ग्राहकले पठाएका थिए । यो एउटा मात्र घटना होइन, जब उनलाई आफ्नो करिअरका क्रममा अनावश्यक सेक्शुअल अटेन्सन प्राप्त भयो । उनी भन्छिन्–सबैभन्दा नराम्रो त त्यतिबेला थियो, जतिबेला मेरा एक जना विवाहित सिनियरले यस्तो गरे । हामी एउटा कार्यक्रममा थियौ र हामीले मदिरा सेवन गरेका थियौ । उनी आफ्नो त्यही हातले मेरो कपाल मसारिरहेका थिए, जसमा उनले विवाहको औंठी लगाएका थिए । उनी भनिरहेका थिए कि ‘तिमी धेरै राम्री छौ ।’

शारलेटले भनिन्–उनी निकै सिनियर हुन् । उनको ठुलो इज्जत छ र उनलाई एउटा ‘फ्यामिली म्यान’का रुपमा चिनिन्छ । कम्पनीमा पनि उनी उच्च पदस्थ हुन्, त्यसैले मेरा लागि उनीविरुद्ध गुनासो गर्नु निकै कठिन थियो ।

जे शारलेटका साथ भयो, त्यो प्रायः सबै कम्पनीमा हुने गर्दछ ।

हलिउडमा हार्वी वाइन्सटनको घटना सार्वजनिक भएपछि र सामाजिक सञ्जालमा #MeToo अभियानपछि यौन शोषणका ती कथाहरु सार्वजनिक भए, जसका बारेमा कहिल्यै कुरा पनि गरिँदैन थियो ।

यस्तोमा अब कम्पनीहरु र विजनेश जगतमा यौन शोषण रोक्नुपर्ने दबाव छ, र कम्पनीहरु जुझिरहेका पनि छन् ।

कार्यस्थल र कम्पनीहरुका यौन शोषण रोक्न्का लागि केही तरिका छन्, जुन सफल हुन सक्दछ, जस्तैः

तालिम

अमेरिकामा यौन उत्पीडनको सामना गर्नका लागि १९९० मा तालिम दिइँदै आएको छ र अब यो चलन युरोपमा बढ्दो छ। हरेक बितेका दिनका साथ यो झन लोकप्रिय भइरहेको छ।

रिपोर्टिङ्ग

मानिसहरुलाई तालिम दिन सजिलो हुन्छ तर उजुरी गर्नका लागि यतार गर्न मुश्किल । किनभने अधिकांश घटनामा पीडित बोल्न डराउँछन् । एम्प्लोयर लयर कैरेन जैक्सनले जागिर छोडेर स्वयम अभ्यास थालिन् किनभने उनी स्वयम पनि यौन शोषणको शिकार भएकी थिइन् ।

उनी भन्छिन्–मेरोमा यस्ता कयौ क्लाइन्ट्स आउँछन् जो आफ्नो कथा मसँग पनि शेयर गर्न सक्दैनन्, किनभने उनीहरु स्वयमलाई लाज लाग्ने गर्दछ ।

यो समस्याको सामना गर्न कयौ कम्पनीहरुले फोन हेल्पलाइनको सहारा लिइरहेका छन्। यो फोन लाइन्स स्वतन्त्र छ र कुनै पनि प्रकारको दबावबाट मुक्त छ।

डाक्टर जुलिया शानले यौन शोषणको गुनासोलाई सजिलो बनाउनका लागि ‘टक टु स्पोट’ नामको एउटा ऐप बनाएका छन् । जुलियाका अनुसार अधिकांश कम्पनीहरु पीडितहरुसँग ‘सही’ प्रश्न नै गर्दैनन् ।

यदि कसैले हिम्मत गरेर उजुरी गरे पनि कर्पोरेट जगतमा यौन शोषणको घटना अक्सर ‘सम्झौता’मा अन्त्य हुन्छ । र पीडितले एनडीए (नन डिस्क्लोजर एग्रीमेन्ट’मा हस्ताक्षर गर्नुपर्ने हुन्छ, अर्थात यसलाई यो कुरामा राजी गराइन्छ कि उसका साथ भएको यौन शोषणका बारेमा कसैलाई पनि बताउने छैनन् ।

यही कारण हो कि यो थाहै हुँदैन कि वास्तवमा यौन शोषणका कति घटना हुन्छन् ।त्यसैले एक्सपर्टस कम्पनीहरुलाई यस्तो मामिलामा अडिट राख्न सल्लाह दिन्छन् ।

कम्पनीहरुमा महिला र पुरुषको सही अनुपात हुन जरुरी छ । अधिकांश संस्थाहरुमा उच्च पदमा पुरुषको बर्चश्व छ र यस्तोमा एउटी महिलाका लागि यौन शोषणको उजुरी गर्न सक्नु निकै मुश्किल हुन्छ ।

यदि यसले उजुरी गरिहाले पनि कार्यालयका ‘ठुला मानिस’हरु उनीविरुद्ध जाने डर रहन्छ । यदि कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई यौन शोषणको सामना गर्नका लागि सही तरिकासम्बन्धी तालिम दिउन् । उजुरी गर्नका लागि सुरक्षित माहोल दिउन् र यस्ता सबै घटनाको रेकर्ड राखे भने निश्चित रुपमा सकारात्मक परिणम आउने देखिन्छ । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..