यदि तपाई पनि यस्ता दश व्यक्तिका साथ रहनु हुन्छ ? हुनुस् सावधान

विदूर नीतिका अनुसार केही मानिसलाई राम्रो नराम्रोको ज्ञान रहँदैन । त्यसैले त्यस्ता मानिसहरुबाट टाढै रहनु बेस हुन्छ । त्यस्ता दश चरित्रका व्यक्ति यस्ता छन्ः

जसले नशा गरेको छ

जुन व्यक्तिले नशा सेवन गरेको छ, त्यस्ता व्यक्तिबाट टाढै रहनु राम्रो हुन्छ । नशामा व्यक्तिलाई राम्रो र नराम्रो ज्ञान रहँदैन र कतिपयअवस्थामा यस्ता व्यक्तिले त्यस्तो काम पनि गर्दछन्, जुन उनीहरुले गर्नु हुँदैन । त्यसैले यस्ता व्यक्तिबाट टाढै रहेको राम्रो । अन्यथा कुनै पनि खाले समस्याको सामना गर्नुपर्ने हुन सक्छ।

असावधान मानिस

असावधान व्यक्तिलाई पनि सही र गलत कुराको अन्दाजा हुँदैन । त्यसैले त्यस्ता व्यक्तिसँग पनि बस्नु उचित हुँदैन । जस्तो कि कुनै व्यक्तिको पूरानो विवाद चलिरहेको छ, तैपनि उ सावधान रहँदैन । तब मौका छोपेर दुश्मनले उमाथि आक्रमण गर्न सक्दछ । असावधान रहँदा उसलाई त हानी पुग्छ नै यदि अरु पनि त्यस्ता व्यक्तिको साथमा रहे उसले पनि बिनाकारण हानी सहनुपर्ने हुन सक्छ ।

पागलका साथमा

जुन व्यक्तिको मानसिक सन्तुलन ठिक छैन, उसलाई सही वा गलतको ज्ञान हुँदैन । त्यसैले त्यस्ता व्यक्तिको साथमा बस्नु हुँदैन ।

थाकेको व्यक्ति

जुन व्यक्ति रातभर काम गरेका कारण थाकाईले चुरभएको हुन्छ, त्यस्ता व्यक्तिलाई पनि राम्रो र नराम्रोको ज्ञान रहँदैन । यदि उसको आराममा अवरोध सिर्जना भएको खण्डमा उसले सही वा गलत निर्णय नगरीकनै जे पनि गर्न सक्छ, जुन उसले नगर्नुपर्ने हो । त्यसैले यस्ता व्यक्तिबाट पनि टाढा रहनुमै भलाइ हुन्छ ।

क्रोधी व्यक्ति

जुन व्यक्तिको स्वभाग क्रोधी छ, जो ससाना कुरामा पनि कसैमाथि आक्रमण गर्दछ वा यस्तो केही गर्द, जसका कारण आगामी दिनमा पछुताउन परोस् । क्रोधित भएका बेला यस्ता मानिसले जेसुकै गर्न सक्दछ । त्यसैले यस्ता व्यक्तिबाट पनि टाढा रहनु मै उचित हुनेछ ।

भोको मानिस

कोकले तड्पदै गरेको मानिसलाइ पनि धर्म अधर्मको ज्ञान रहँदैन । उ आफ्नो भोक शान्त गर्नका लागि सही वा गलत छुट्याउन सक्दैन र केही यस्तो गर्न सक्दछ जुन उसले गर्न नहुने हो । त्यसैले भोको व्यत्तिबाट पनि हेलमेल नगरेको राम्रो । यस्ता व्यक्तिका कारण पनि तपाई समस्यामा फस्न सक्ने सम्भावना रहन्छ ।

हतारमा काम गर्ने व्यक्ति

जुन व्यक्ति हरेक काम हतारमा गर्दछ, त्यस्ता व्यक्तिले पनि कुनै न कुनै बेला गलत अवश्य गर्दछ । आफ्नो काम चाँडै सक्नका लागि यस्ता मानिसले कुनै सटकट तरिका अपनाउने गर्दछन् । जसका कारण पछि उसले पछुताउनुपर्ने हुन् छ। त्यसैले यस्ता व्यक्ति जो हरेक काम हतारमा गर्दछन् त्यस्ता व्यक्तिबाट पनि टाढै बस्नु उचित हुन्छ ।

लोभी व्यक्ति

लोभी मानिसले आफ्नो स्वार्थ पूरा गर्नका लागि जोसुकैलाई पनि धोका दिन सक्दछन् । यस्ता मानिस आफ्नो परिवार, नातेदार, साथी वा अन्य जोसुकैलाई धोका दिन हिच्किचाउँदैनन् । विपरीत समय आएपछि यस्ता व्यक्तिले आफूसँग रहेका मानिसलाई पनि फसाउने गर्दछन् । त्यसैले लालची मानिसबाट पनि टाढै रहनुपर्छ ।

भयभित अर्था डराएको मानिस

त्रसित अवस्थाको मानिसले डोरीलाई पनि सर्प देख्न थाल्छ । हल्का हावा पनि उसलाई आँधीजस्तो लाग्न सक्दछ । स्वयमको ज्यान खतरामा देखेर त्यस्ता मानिस हिंसक पनि बन्न सक्दछन् । त्यसैले भयभित मानिसका साथमा पनि बस्नु हुँदैन । किनभने उसको गल्तीले तपाईका लागि संकट उत्पन्न गराउन सक्दछ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..