सेक्सः बढीमा मात्र १३ मिनेट पर्याप्त !

हालै गरिएको एक अध्ययनका अनुसार अमेरिका र क्यानाडाका विशेषज्ञहरुको भनाइमा सेक्स क्रिया बस केही मिनेटको मात्र हुन्छ। यस सर्वेक्षणमा स्पष्टसँग भनिएको छ कि लामो समयसम्म यौन क्रिया गर्छु भनेर दावी गर्नेहरु झुट बोलिरहेका हुन्छन्।

पेन्न स्टेट युनिभर्सिटीका शोधकर्ता एरिक कोर्टी र जिने गार्डियानीले सोसाइटी फर सेक्स थेरापी एण्ड रिसर्चलाई समूहिक रुपमा कुराकानी गरेपछि आफ्नो नतिजा सार्वजनिक गरेका हुन् । समूहमा सदस्यहरुको मनोविश्लेक, डाक्टर, समाजसेवी, परिचारिकाहरु आदिलाई सहभागी गराइएको थियो ।

शोधकर्ताहरुका अनुसार आनन्द प्राप्त हुने सेक्स क्रियाको अवधि मात्र १३ मिनेटको हुने गर्दछ। यद्यपि सबैले अलग अलग समयावधि निर्धारित गरेका थिए । जसमा सात मिनेटलाई पर्याप्त, १३ मिनेटलाई सन्तोषजनक, एकभन्दा बढी मिनेटलाई निकै कम र दशदेखि तीस मिनेटलाई धेरै मानिएको छ ।

शोधकर्ताहरुले यो पनि भनेका छन् कि समाजमा यौन क्रियालाई लिएर धेरै भ्रमहरु फैलिएको छ। अनेक युवा र युवतीहरु लामो यौन क्रियाको भ्रान्तिमा फसेका छन् । शोधकहरुका अनुसार सर्वेले यस्ता अनेकन झुटा धारणा हटाउन सहयोग पुग्नेछ। सर्वेको परिणाम जर्नल अफ सेक्स्युअल मेडिसिनको आगामी अंकमा प्रकाशित गरिनेछ। एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..