दिपा श्री निरौला र रजनीको तीज गीत ‘दिदिबहिनी’ सार्वजनिक

२८ साउन, काठमाडौं । पछिल्लो समय छक्का पञ्जा सिरिजको चलचित्रबाट नाम र प्रशस्त दाम कमाएकी अभिनेत्री दिपा श्री निरौलाको अभिनय तथा निर्देशन रहेको मौलिकता झल्काउने तीज गीत ‘दिदीबहिनी’ सार्वजनिक भएको छ ।

आज भोली पहिलेको जस्तो मौलिकता झल्काउने तीज गीतहरु अत्यन्तै दुर्लभ हुँदै गर्दा, तीज भनेको नेपाली नारीहरुको महान चाड हो, यसले देशको संस्कृति, नेपाली नारीहरुको सभ्यतालाई विशेष रुपमा झलकाउँछ। तर आज भोली त्यस्तो गीतहरु कमै मात्र बन्ने गरेको छ, अभिनेत्री निरौलाले बताउँछिन् । हामीहरुले यस्पाली भने तीजको मौलिकता झल्काउने भिडियो बनाउने कोशीस गरेका छौं जसलाई दर्शकहरुले मनपराईदिनु हुन्छ भन्ने आशा रहेको कुरा पनि निर्देशक निरौलाले विश्वास लिएकी छन् ।

त्यस्तै अभिनेता निर्मल शर्मा ‘गैंडा’, गजित विष्ट, सुमा गिरी भान्जा, कमला लामिछानेआदि दिग्गज कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

भिडियोलाई सह निर्देशन निर्मल शर्मा ‘गैंडा’ले गरेका हुन भने वरिष्ठ छांयाकार राजु के सिको छांयाकन, गजित विष्टको कोरियोग्राफी, संगम विष्टको सह कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

शान्ति श्री परियार, लक्ष्मी मल्ल र श्री कृष्ण बम मल्लको स्वरले सुसज्जित गीतमा स्वयम गायक मल्लकै शब्द संगीत रहेको छ भने संगीत संयोजन योगेश काजीको रहेको छ ।

भिडियोलाई म्युजिक नेपालको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
https://youtu.be/YH30PDQIjeM

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..