सेल्फीको लतमा परेकी यि युवतीले खिचिन् अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण स्थानमा गएर सेल्फी

एजेन्सी। सेल्फीको लतमा परेकी रुसकी एक युवतीले यतिसम्म खतरा उठाइन्की जुन हेर्दा मात्रै होइन सुन्दा समेत सातो जान्छ । उनले लिएका सेल्फीलाई संसारकै सबैभन्दा खतरनाक सेल्फी मानिएको छ । एन्जेला निकोलाउ नामकी यी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण स्थानमा गएर सेल्फी खिचेकै कारण उनी अहिले विश्वभर चर्चामा आएी छिन् ।

एड्भेन्चरकी शौखिन यी युवती पेशाले फोटोग्राफर हुन् । एन्जेलाले अलग अलग भवनको छतको छेउमा गएर सेल्फी खिचेका ति तस्विरहरु हेर्दा नै आगं सिरिगं हुन्छ ।

एन्जेलाले यी तस्वीर खिच्नलाई निकै जोखिम उठाइएको छ । किनकि सानो चूकले पनि उनको ज्यान जाने निश्चित थियो । उनले एक–दुई नभइ दर्जनौँ सेल्फी निकै जोखीम मोलेर खिचेको देख्दा जो कोहीले पनि उनलाई साहासी र ज्यानको बाजी लगाएर तस्विर खिच्न खप्पिस युवतीको संज्ञा दिएका छन् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..