सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत `नीर हाे´

जि बि चिरण र सुजिताको बेजोड अभिनयमा मर्मस्पर्शी गीत ‘निर हो’ सार्वजनिक
भ्वाइस अफ नेपालका सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक
शशान कंडेलको निर्देशनमा सुनिल थापा मगरले ल्याए मर्मस्पर्शी गीत ‘निर हो’
माझिको कथा व्यथा बोकेको सुनिल थापा मगरको ‘निर हो’ सार्वजनिक
काठमाण्डौँ, असोज ३ । भ्वाइस अफ नेपाल सिजन ३ बाट राम्रै चर्चा बटुलेका गायक सुनिल थापा मगरले हालै ‘निर हो’ बोलको मर्मास्पर्शी गीतको भिडियो सार्वजनिक गरेका छन ।

२०६६ सालबाट आफ्नो सांगितिक यात्राा शुरु गरेका गायक मगर नुवाकोटमा जन्मेका हुन भने उनले पहिलो पल्ट रेकर्डिङ गरेर सार्वजनिक गरेको पहिलो गीतको बोल ‘नशालु’ हो । सानैदेखि नै गीत संगीतको मोहमा डुबेका उनले सबै थरिका गीतहरु गाउने लेख्ने र संगीत भर्ने पनि गर्छन् भने थुप्रै गीत र भिडियोहरु सांगितिक बजारमा ल्याइसकेका छन ।

गीत संगीत त मेरो नसा नसामा रगत बनेर बगेको छ भन्ने उनी भ्वाइस अफ नेपालमा राम्रै लेभलसम्म पुगेका थिए । आफुलाई त्यो बेला स्वास्थ्य र भाग्यले साथ दिएन भन्दै आफ्नो मनको व्यथा पोखेका थिए ।

दर्शक श्रोताले त्यो बेला राम्रै माया र साथ दिनु भएको थियो । प्रतिस्पर्धामा त हार र जित त भई हाल्छ नी तर पनि दर्शकश्रोताको यती धेरै माया पाए म त्यस्मै खुशी छु ‘ गायक सुनिलले तेजनेपाललाई बताए ।

हालै सार्वजनिक गीतमा उनलाई स्वरमा सुजिता योञ्नजनले साथ दिएकी छिन भने शब्द संगीत किरण माइकल घिमिरेको रहेको छ ।

सञ्जय हमालको संगीत संयोजन रहेको गीतलाई गोबिन्द सोनीले मिक्सिङ मास्टरिङ्ग गरेका हुन भने ब्याक्राउण्ड स्कोर म्युजिक बिनय कार्कीले गरेका हुन ।

एउटा सामान्य माझिको जोडीको कथा व्यथालाई सेमेटेर प्रस्तुतु गरिएको भिडियोलाई चर्चित म्युजिक भिडियो निर्देशक शसान कंडेलको निर्देशन गरेका छन । भिडियोमा जि बि चिरन र सोनिया महतको दमदार अभिनय देख्न सकिन्छ भने बाल कलाकार प्रियाान्स कंडेलको पनि अभिनय देख्न सकिन्छ ।

भिडियोमा बुद्ध लामा र दिपक गिरीको छांयाकन, बिकास दाहालको सम्पादन रहेको छ ।

भिडियोलाई गायक सुनिल थापा मगरले आफ्नै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..