यस्तो रहेछ रङ्गहरुको प्रयोग र सन्देशको इतिहास, यस्तो छ महिलासँग गुलाबी रङ्गको नाता

हरेक रङ्गले केही भन्ने गर्दछ । हरेक रङ्गको कुनै न कुनै अर्थ हुन्छ । ज्योतिषशास्त्रका अनुसार त रङ्गको हाम्रो कुण्डलीसँग पनि गहिरो सम्बन्ध छ । यति मात्र होइन रङ्गले हाम्रो मुडमा पनि असर पार्दछ ।

उदाहरणका लागि सेतो रङ्ग अमन र शान्तिको रङ्ग मानिन्छ । त्यसैले त शोधको घडीमा सेतो रङ्गको प्रयोग गरिन्छ । यसरी नै हरियो रङ्गलाई खुसियालीको प्रतीक मानिन्छ । त्यस्तै रातो रङ्गलाई क्रान्ति, ऊर्जा र परिवर्तनको रङ्ग मानिन्छ ।

तर सबै रङ्गको अर्थमा सबैभन्दा सुन्दर अर्थ गुलावी रङ्गसँग जोडिएको छ। यसलाई लज्जा र प्रेमको रङ्ग मानिन्छ । गुलावी रङ्गको महिलाहरुसँग गहिरो नाता रहेको छ।

यही कारण हो कि कुनै व्यक्ति लज्जा महशुस गर्दा उसको गाला गुलावी हुने उदाहरण दिने गरिन्छ । गुलावी रङ्ग वा गुलावी रङ्गको पहिरनलाई सधैं स्त्री मानिन्थ्यो । तर गुलाबी रङ्गको यो अर्थ सधैंदेखि थिएन । समयसँगसँगै यसको अर्थ परिवर्तन भएको हो ।

कुनै बेला थियो दुई धारे तरवार

एक समय थियो जब गुलाबी रङ्गलाई दुई धारे तरबार भन्ने गरिन्थ्यो । लण्डनको अन्डरवर्ल्डमा गुलाबी शब्दको खुबै प्रयोग हुन्थ्यो । यसको अर्थ थियो कसैलाई तिखो धार भएको हतियारले रक्तमुच्छेल बनाइदिनु । यो शब्द १७औं शताब्दीमा शब्दकोषमा समावेश गरियो । जसको अर्थ लेखियो–गुण्डा, डाकु, लुटेराहरुले प्रयोग गर्ने शब्द ।

अतः गुलाबी रङ्गको छवि कहिले र कसरी परिवर्तन भयो भन्न कठिन छ ।तर १८औं शताब्दीमा यसलाई सुन्दरता बयान गर्ने रङ्गको सूचीमा समावेश गरिसकिएको थियो । प्राचीनकालमा जब कला क्षेत्रमा यो रङ्गको प्रयोग सुरु भयो तब कलाका रुपै परिवर्तन भयो । यदि चित्रकारिताको रङ्गको सूचीमा यो रङ्ग हटाउने हो भने त कलाको इतिहासै मेटिनेछ । जुनबेला आर्ट आफ्नो उचाईमा पुग्यो, त्यतिबेला गुलाबी रङ्गले यसलाई अलग्गै पहिचान दिलायो । यदि गुलाबी रङ्ग हुँदैन थियो भने पाब्लो पिकासोको चित्रकारितालाई शायदै त्यो ख्याति प्राप्त हुन्थ्यो जुन त्यसलाई अहिले प्राप्त छ।

चित्रकारितामा गुलाबी रङ्गको महत्व मध्यकालीन युरोपको पुनःजागरणकालमा बढ्यो । त्यही त्यो चरण थियो जब युरोपीय देशहरुले जीवनमा नयाँ आयाम जोड्ने कुरातर्फ ध्यान दिन सुरु गरेका थिए । यसमा चित्रकारिता, साहित्य र संगीत महत्वपूर्ण छ । १५औं शताब्दीको मध्यमा इटालीका महान चित्रकार फ्रा एन्ग्लिकोले आफ्नो चर्चित फ्रेस्कोमा गुलाबी रङ्गलाई नयाँ अन्दाज र अर्थमा प्रयोग गरे । यसमा देखाइयो कि इसा मसिहकी आमा मरियमसामु स्वर्गका दूत जिबरिल भगवानको सन्देश लिएर आउँछन् कि उनले इसा मसिहलाई जन्म दिनेछिन् । तस्वीरमा जिबरिल बहुरङ्गी पखेटाका साथ छन् र उनलाई गुलाबी रङ्गमा देखाइएको छ।

त्यही चरणका अर्का चित्रकारको पुस्तकमा गुलाबी रङ्गको जिकिर गर्दै लेखिएको छ कि यो रङ्गको प्रयोग शरीरको अवस्था बताउनका लागि गरिन्छ । किनभने शरीर मासुले बनेको छ र मासु गुलाबी रङ्गको हुन्छ । त्यसैले हात, अनुहार र नाङ्गो शरीर देखाउनका लागि यही रङ्गको प्रयोग गरिन्थ्यो ।

तोडियो परम्परा

फ्रा एन्ग्लिकोले जिबरिललाई गुलाबी रङ्गमा दर्शाएर एउटा बन्धनमा रहेको परम्परालाई तोडे। जिबरिल एउटा दैव र सार र भावना हो । भावना कहिल्यै मर्दैन जबकि शरीर एउटा निश्चित उमेरमा अन्त्य हुन्छ । यो तस्वीरमा जिबरिललाई गुलाबी रङ्गमा देखाउनुको उद्देश्य यही हो ।

वास्तवमा युरोपमा रिनेसाँ अर्थात पुनर्जागरण, अन्धकारकालपछि आएको हो । र, यसको सुरुवात ती देशबाट भए जहाँ इसाई धर्म फैलिएको थियो । त्यसैले त्यसक्रमका अधिकांश पेन्टिङमा इसा मसिह, उनकी आमा मरियम र स्वर्गको दृष्य बढी देखाइएको छ।

पुनर्जागरणकालकै एउटा अर्को मास्टर पिस हो, चिकार राफेलको ‘मडोना अफ द पिंक’ ।यो मास्टर पिस १५०६ को वरपर बनेको थियो । यसमा इसा आफ्नी आमाको काखमा छन् र उनलाई गहिरो गुलाबी रङ्गको कुने वस्तु दिइरहेका छन् । भनिन्छ कि यो डियाथस नामको विरुवा हो । यसको यो नाम ग्रीक भाषाबाट लिइएको हो । जसको अर्थ हो भगवानको फूल । इसाइहरुको धार्मिक मान्यताअनुसार मरियमलाई यो फूल इसा मसिहलाई फाँसीमा झुन्ड्याउने बेला देखिएको थियो ।

यो पेन्टिङमा यो सन्देश दिने कोशिस गरिएको छ कि एउटा जीवन अन्त्य भएपछि त्यो अर्को रुपमा धरतीमा पुनः आउनेछ । यसरी नै संसार चलिरहन्छ ।

गुलाबी रङ्गको प्रमुखता

यसरी नै जर्ज रोमनीले आफ्नो प्रियसी लेडी हैमिल्टनको जुन तस्वीर बनाए, त्यसमा गुलाबी रङ्गलाई प्रमुखता दिए । यसमा बैकस नामको एउटा युनानी देवता छ, जुन मदिराका देवता मानिन्छन् । यसलाई पनि गहिरो गुलाबी रङ्गमै दर्शाइएको छ।

२०औं शताब्दीसम्म आउँदाआउँदै गुलाबी रङ्गको निकै अर्थ बदलियो र आर्थिक रुपमा यो रङ्ग राम्रो कमाइको माध्यम बन्यो । अमेरिकी आर्टिस्ट फिलिप गस्टनले त यो रङ्गलाई बजारमा खुब बेचे । गुलाबी रङ्गको बार्बी डलले त संसारभरका घरमा आफ्नो बलियो स्थान बनायो ।


गस्टनले उग्रवादी संगठन कु क्लक्स क्लानका सदस्यहरुको कार्टुन बनाउन पनि यही रङ्गको प्रयोग गरे । वास्तवमा अमेरिकामा ५० को दशकमा गुलाबी रङ्गलाई पुरुषत्व र शक्ति प्रदर्शन गर्ने रङ्ग मान्न थालिएको थियो । तर ६० को दशक आउँदाआउँदै बार्बी डलका कारण एकपटक फेरी यसलाई महत्वपूर्ण रङ्गका रुपमा लिन थालियो ।

दिमागमा गुलाबी रङ्गको असर

६०कै दशकमा अमेरिकाका सामाजिक वैज्ञानिक अलेक्जेन्डर शाँसले गुलाबी रङ्गले दिमागमा पार्ने असरबारे अध्ययन गरे । परिणाममा थाहा भयो कि गुलाबी रङ्गले निकै क्रोधित मानिसको स्वभावलाई शान्त बनाउने गर्दछ ।

हालै जब ब्रिटिश कलाकार अनीष कपुरले वान्टाब्लैक नामको निकै कालो रङ्गको कपीराइट हासिल गरे तब यो उनका साथी स्टुअर्ट स्याम्पलनै विफर उठ्यो ।

उनले कपुरको यो कदमविरुद्ध संसारका सबैभन्दा गुलाबी रङ्ग बनाउने ठाने । अनिष कपुरले त गहिरो कालो रङ्गको कपीराइट लिए । तर स्टुअर्ट सेम्पल आफ्नो सबैभन्दा गुलाबी रङ्गलाई निकै सस्तो मूल्यमा मानिसहरुलाई बेच्न लागे । सर्त मात्र यति थियो कि त्यो अनिष कपुर न हुन् त न उनका साथी होस कि उनलाई यो सबैभन्दा गुलाबी रङ्ग दिन सकुन् ।

तसर्थ अब गुलाबी रङ्ग सौन्दर्यका साथसाथै विद्रोहको पनि प्रतीक बनेको छ। सबै मिलाएर रङ्गहरुलाई हामी के प्रयोग गर्दछौ, के सन्देश दिन्छौ, यो कुरा अलगअलग कालखण्डमा अलगअलग सोच रहने गरेको छ। कैली ग्रोवियर/बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..