भुकम्पले दिएको पिडाभन्दा सरकारले दिएको पीडा दोब्बर, २०७२ सालदेखि २०७५ सालसम्म देखिएको र भोगिएको यथार्थ

२०७२ साल बैसाख १२ गते ११ः५५ मा आएको बिनाशकारी भुकम्पका कारण क्षणभरमै आठौ हजार मानिसको ज्यान गयो भने त्यतिकै सङ्ख्यामा घरबारबिहिन बन्नु पर्‍यो । कयौ छोराछोरी टुहुरा बन्नु पर्‍यो ,आमाबाबुहरुको काख रितियो,कतिको सिन्दुर पोतियो,कतिको उत्साह र जागर मेटियो ,कतिको सुन्दर सपना निमिट्यान्न भयो, क्षण्भरमै कतिको परिवारको नामोनिसान रहेन ।

२०७२ साल बैसाख १२ गते दिनको ११:५५ बजे सोही अकल्पनीय घटनाका साक्षिहरुमा २०७५ बैसाख १२ गतेसम्म आइपुग्दा पनि उहीँ पीडा ,उहीँ डर लिएर बाचीरहेका छन ।

यो जर-जर पिडाको आलो चोट ३ बर्ष बितिसक्दा पनि न कतैबाट मलम लगाउने प्रयास गरियो न त दुखेका मनहरुको पीडा नै सान्त बन्न सक्यो । बरु राहतको नाममा गैर भुकम्पपिडितहरुको सम्पती र सामान जोड्ने एउटा् अबसर साबित बन्यो । तर भुकम्पले थलिएका र निसासिएका मनहरु सधै छटपट्टाहटमा नै बाच्न बाध्य बने । बरु सरकार र दाता ,संघ-सस्थाहरुले घोषणा गरेको राहतको आशामा कयौं दिनहरु भोक-भोकै बिते ।

२०७२ साल बैसाख १२ को भुकम्पपछीमात्र पिडामा छटपटीरहेका नेपाली जन्ताले ६ वटा सरकार देखे ,सुने अनि महसुस गरे । ८/८ महिनामा परिबर्तन हुने सरकारका गुलिया र भुलिया गफबाट प्रभाबित पनि बने । कसैले स्मार्ट सिटीको सपना देखाए भने कसैले भुकम्पले नेपाली जन्ताको भाग्य रेखाको बाटो निर्माण गरिदिएको समेत भन्न भ्याए । अनि सगै कतिले राहतको घोषणा सगै योजनाहरु व्यग्ररुपमा फिजाए ।
यो बिचमा बरु भुकम्प पिडितहरुको मलम बनेर धेरै धुमुस-सुन्तलीहरु जन्मिए तर ८ महिनाको आयु लिएर आएका सरकारहरुको कुनै जिम्मेवारीको महसुस गर्न सकिएन ।

अन्तराष्ट्रीय सघ-सस्था र ब्यक्तीहरुले घोषणा गरेको सयोग र राहतमा ठुला-ठुला घोटाला भएको सुनियो । खाध्यान्न सामाग्रीहरु कुहिए,बिग्रीए अनि मिति समेत गुजारिए तर पिडितहरु खाना नपाएर कतिपय ठाउमा छटपटीदा समेत जिम्मेवार निकायको ध्यान जान सकेन ।

राहत सामाग्री बितरणका लागी प्रतिनिधि बनेकाहरुका घरमा भण्डारण भएर बाकी रहेको सामाग्री भुकम्प पिडितहरुले पाए भन्ने प्रमाणित समाचार समेत सुन्न पाइयो ।

गोठबाट हरेक वर्षामा पानी चुहिने क्रम जारी रहयो यो बिचमा पिडितहरुको लागी एउटा त्रिपालको समेत पुर्ती हुन सकेन बरु त्रिपाल,पालहरु पहुचवालाहरुको घरपालुवा जनावरको गोठमा प्रयोग भएको प्रत्यक्ष देखियो अनि सुनियो ।

अन्तराष्ट्रीय संघ-सस्था र छिमेकी देशहरुले भुकम्प पिडितका लागी घोषणा गरेका राहत र सयोगको अहिलेसम्म प्रयोग गर्न सकिएन । कतिपय देशले गरीसकेको सयोगबारे भुकम्पपिडितहरुका लागी प्रयोग नभएपछी स्पष्टीकरण समेत मागे । यदपी कतिपय देशले सयोग रोक्न समेत बाध्य बने ।

भुकम्पकै कारण घरबास गुमाएकाहरु सरकारको घोषणा बम्मोजिम एकहोरो एउटा सपना सधै देखीरहे । ताकी आफ्नो भत्किएको घर सरकारले निर्माण गरिदिनेछ् । यो बिचमा भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्ने भन्दै सरकारी स्तरबाट इन्जिनियर समूह समेत बनाइयो । तर पहुचवालाहरुले आफ्ना आफ्न्त र छोराछोरीलाइ जागिर खुवाउने अबसर बन्यो । पिडितहरुको सपना ,सपनामा नै सिमित बन्न पुग्यो ।

हरेक नया सरकारले आफ्नो उदयसगै पुराना योजना र घोषणाको इन्काउन्टर गराउदै नया सपना देखाउने क्रम जारी नै रहयो । सोहिअनुसार सरकारसग भुकम्प पिडितहरुको नया आशा र चासो कायम नै रहयो तर आशा,चासो र बिस्वाससगै पिडितहरुको दिनचर्या ३ बर्षदेखी आफ्नै नङग्रा खियाउदै गुज्रीरहेको छ ।

कयौ पिडित परिवारका छोराछोरीले पढ्न पाएका छैनन ,भग्नाबेष बिध्यालयको पुणनिर्माण हुन सकेको छैन । बालबालिकाहरु खुल्ला आकाशमा ,जाडोमा कठ्याङग्रीएर र गर्मीमा प्रचण्ड गर्मीको रापमा पढ्न बाध्य छन । कलिलो उमेरमा नै सरकारको बेवास्ताका कारण बालबालिकाहरु सिक्षा,स्वास्थ तथा मनोरञ्जन लिनबाट भयाबह र कहालिलाग्दो अबस्थामा जुधिरहेका छन ।

पालेका सपना,बिस्वास, उत्साह,लक्ष्य,खुसीहरुलाइ अपाङ्ग बनाएको आजकै दिन ११:५५ बजेको समयलाइ सम्झिएर पिडितहरु मर्माहत बनिरहेका छन ।

राजनिती खिचातानी ,शक्ति पर्दशन र पहुचकै कारण भुकम्प पिडितका कारुणिक पिडाहरु २०७५ बैसाख १२ गतेसम्म आइपुग्दा पनि जस्ताको तस्तै छन । हुन त २०७२ बैसाख १२ भन्दा अगाडी पनि ठुला-ठुला भुकम्पहरु नगएका हैनन । जनधनको क्षति पनि त्यतिकै सङ्ख्यामा भएकै नै हो । तर बिपतको हरेक पल्ट जन्ताहरु सरकारबिहिन भएको महसुस गर्न बाध्य बनिरहेका छन । सत्ता लुच्छाचुडी र नेपाली राजनितिमा मौलाउदै आएको शक्ति पर्दशनको अस्वस्थ खराब ट्रेण्डले इतिहासमा नेपालीहरुले धेरैचोटि यस्ता गम्भीर प्राकृतिक विपत्तिको समाना पछी पनि चरम पीडा भोग्नु परेको छ ।

१९९० देखि २०७२ वैशाख १२गतेसम्म ६२ हजार पटकभन्दा बढी साना–ठूला भूकम्प गइसकेको भूगर्भविदहरुले बताएका छन् । ठूलो धनजनको क्षति हुनेगरी चाहिँ १९९०, २०४५ र २०७२ मा नै ठूला भूकम्प गए ।

वि.सं. १९९०सालमा सङ्खुवासभा केन्द्रबिन्दु बनाएर आएको ८.३ रेक्टर स्केलको भूकम्पले ठूलो आर्थिक क्षतिसँगै ८ हजार ५ सय २१ जनाको ज्यान लगेको थियो भने त्यतिकै सङ्ख्यामा अंग-भंग र घरबहारबिहिन हुनेहरुको सङ्ख्या पनि उच्च नै थियो ।

त्यसपछि बि.स.२०४५ सालमा आयो । उदयपुर केन्द्रबिन्दु बनाएर आएको ६.७ रेक्टरको भूकम्पले ७ सय २१ जनाको ज्यान लगेको थियो भने त्यतिबेला पनि हजारौ सङ्ख्यामा घरबारबिहिन बनेका थिए ।

त्यसपछि २०७२ बैसाख १२ गते १९९० कै जत्रो ७.३ रेक्टरको कम्पन भयो । वैशाख १२ र २९ मा गरी २ वटा ठूला भूकम्प र पटक-पटक गएका परकम्पनहरूले ८ हजारभन्दा बढीको ज्यान लग्यो । २०औं हजारलार्इ घरबारविहीन बनायो ।

उक्त भूकम्पबाट राजधानीसहित पहाडी १९ जिल्ला पूर्ण प्रभावित बने । प्रभाबित जिल्लाहरुमा पानीका मुहान सुकेर हाहाकार मात्र मचिएन अन्न ,लत्ताकपडाको अभाबले कतिपय पिडितहरुले २०७५ सम्म आइपुग्दा जाडो र खानाकै कारण ज्यान समेत गुमाए । तर सरकारको ध्यान कहिल्यै त्यतातिर जान सकेन बरु निर्थक योजनाहरु फिजाएर आफुलाइ लोकप्रिय स्थापित गराउदैमा यो २ बर्ष त्यतिकै गुज्रीयो ।

यही ३ बर्षको अबधीमा पनि भुकम्प पिडितहरुको निउ बनाएर ठुला-ठुला घोटाला र भ्रष्टाचारका घटनाहरु केही मिडियाहरुबाट प्रकाशीत समेत भए । पहाडी प्रभाबित जिल्लाका जन्ताहरु सयोग भनेर आएको जस्ताको लागी २० औ दिन सदरमुकाम धाउन बाध्य बने ,बिदेशी दातृ मुलुक र संघ-सस्थाले प्रदान गरेको सयोगमा समेत पहुचवालाहरुको हालिमुहाली भयो । गरिब र पहुचबिहिन पिडितहरु सधै दर्शक बनिरहे ।

अझ यही ३ बर्षको अबधीमा भुकम्पले थलिएका नेपाली जन्ताले भारतको अघोषित नाकाबन्दीको सिकार समेत बन्नु पर्‍यो ।

महङ्गी बढाइयो ,कालोबजारीहरुको बिगबिगी बन्यो ,दलालको सङ्ख्यामा बृदी भयो ,बालबालिकाको अपहरण र बेचबिखन भयो ,महिलाहरु असुरक्षित बने ।

अनि यही बिचमा स्वार्थपुर्तीका लागी बनेका सरकारको जिम्मेवारी बिदेश भ्रमण र सभा-सम्मेलनमा सहभागी भएर सरकारी बजेटको दुरुपयोग गर्नु बाहेक केही हुनै सकेन ।

अझ देउवा सरकारले घोषणा गरेको थप १ लाख झुट्टो भएको समेत खुलासा भयो । देउवा सरकारले आफ्नो सस्तो लोकप्रियताको लागी माइन्युट र आधिकारिक वेबसाइटमा उक्त निर्णय नराखेपछी सोधिखोजी हुदा झुट साबित भएको थियो । सरकारले दिने भनेको ३ लाखबाट बढाएर देउवा सरकारले थप एक लाख दिने घोषणा गरेको थियो ।

विशाल बस्नेत

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..