एउटा इयरफोनले लियो यसरी १३ जना बालबालिकाको ज्यान, चालकहरु सावधान !

भारतको उत्तर प्रदेशको कुशीनगरमा रेल र स्कुल बस आपसमा ठोक्किदा १३ जना बालबालिकाको ज्यान गएको छ भने ८ जना गम्भीर घाइते भएका छन् ।

मानवरहित रेल्वे क्रसिङ्ग पार गर्ने बेला बस चालकले कानमा इयरफोन लगाएका कारण रेल आएको आवाज नसुन्दा दुर्घटना भएको बताइएको छ।

घटनास्थल पुगेको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले चालकको लापरबाहीका कारण दुर्घटना भएको बताए । उनले चालकले कानमा इयरफोन राखेको र चालकको उमेरका विषयमा पनि कुरा उठेको बताए । मुख्यमन्त्री योगीले भने कि दोषीविरुद्ध कडा कारबाही गरिनेछ।

घटनास्थलमा रहेका केही प्रत्यक्षदर्शीहरुका अनुसार बस चालकले रेल्वे क्रसिङ्ग नजिकै रेल आएको चेतावनी दिँदा पनि बेवास्ता गरेको बताए । एक जना व्यक्तिले रेल आएको जानकारी दिँदादिँदै चालकले बेवास्ता गरेका कारण दुर्घटना भएको बताए ।

बसमा करिब २५ जना बालबालिका सवार थिए । प्रत्यक्षदर्शीहरुका अनुसार दुर्घटना यति भयानक थियो कि दुर्घटनाको आवाज टाढाटाढासम्म सुनिएको थियो । घटनास्थलमा रहेका व्यक्तिहरुले घटनाबारे प्रहरी र प्रशासन जानकारी दिएका थिए । युपीका मुख्यमन्त्री योगीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तत्काल घटनास्थल पुगेका थिए । मुख्यमन्त्रीले दुर्घटनामा मारिएका बालबालिकाका परिवारजनलाई दुई लाख रुपैयाँ मुआब्जा दिने घोषणसमेत गरे ।

उत्तर प्रदेशमा यसअघि पनि यस्ता लापरवाहीका कारण पहिला पनि दुर्घटना भइसकेका छन् । सन् २०१६ मा भदोही नजिकै बालबालिकाले भरिएको भ्यान रेलसँग ठोक्किएको थियो । जसमा १० जना बालबालिकाको मृत्यु भएको थियो ।

केही दिनअघि हिमाचल प्रदेशको काँगडा जिल्लाको नूरपुरमा पनि स्कुल बस दुर्घटनाग्रस्त भएको थियो, जसमा २७ जनाको मृत्यु भयो । मृत्यु हुनेमा अधिकांश बालबालिका थिए । बसमा करिब ६० जना बालबालिका थिए ।

भारमा सडक दुर्घटना सामान्य हो । अक्सर खराब ड्राइभिङ र खराब सडकका कारण सडक दुर्घटना हुने गरेका छन् । जसमा सयौ नागरिकले ज्यान गुमाउने गरेका छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..