सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा ५० वर्षीय साईला पक्राउ

उदयपुर । बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–३ ताराघारी च्याङगा बस्ने ५० वर्षीय साईला भन्ने भालु वि.क.लाई प्रहरीले पक्राउ गरेको छ ।

वि.क.ले बुधबार सोही ठाउँ बस्ने ७ वर्षीया बालिकालाई बिद्यालयबाट घर आउदै गरेको अवस्थामा ललाई फकाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको बताइएको छ ।

पीडित बालिकालाई उपचारको लागि कटारी अस्पताल पठाउनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरेहको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..