मच्छड किन खतरनाक छ ? मच्छडको सफाया गर्दा मानिसलाई कस्तो होला हानी ? यस्तो छ विश्लेषण

मच्छड संसारको सबैभन्दा खतरनाक जीवहो । यस्ले यस्ता रोगहरु फैलाउँछ, जसका कारणबाट संसारभरमा हरेक वर्ष दश लाख मानिसको मृत्यु हुने गर्दछ । जस्तै जीका भाइरस जुन मच्छडको माध्यमबाटै मानिसबाट अर्को मानिससम्म पुग्दछ । यो भाइरसका कारण दक्षिण अमेरिकी देशहरुमा कयौ हजार बालबालिका यस्तो जन्मेका छन्, जसको मस्तिष्क पूर्णरुपाम डिक छैन ।

यदि मच्छड हुँदैन थियो भने यो रोग पनि फैलने थिएन । त्यसो भए के संसारबाट मच्छडलाई पूर्णरुपमा अन्त्य गर्नु जरुरी छ ?

पूरै विश्वमा मच्छडका करिब ३५ सय प्रजाति पाइन्छ । यद्यपि यसमध्ये अधिकांश नश्ल मानिसलाई बिल्कुलै सताउँदैनन् । यी मच्छड विरुवा र फलको रसमा जिवित रहन्छन्।

मच्छडका केवल ६ प्रतिशत प्रजातिका पोथीले मात्र आफ्नो अन्डाको विकासका लागि मानिसको रगत पिउने गर्दछन् । मानिसको रगत पिउने यी पोथी मच्छडमध्ये पनि आधा मात्रै आफूभित्र रोगको भाइरस लिएर घुमिरहन्छन् ।अर्थात कुल मिलाएर मच्छडको केवल १०० नश्ल मात्रै यस्ता हुन्छन्, जुन मानिसका लागि हानिकारक छ । तर यिनीहरुको मानिसमा निकै नै भयानक असर पर्दछ ।

ब्रिटेनको ग्रीचिन विश्वविद्यालयका नेचुरल रिसोर्स इन्स्टिच्युटका फ्रान्सिस हक्स भन्छन् कि संसारका आधा आवादीमा मच्छडबाट फैलने रोगहरुको खतरा मडारिरहन्छ । मानिसको स्वास्थ्यसम्बन्धी तमाम मुश्किलका लागि मच्छड जिम्मेवार छन्।

सबैभन्दा खतरनाक मच्छड

–एडिस एजेप्टी–यो मच्छडबाट जीका, यलो फिबर र डेंगुजस्ता रोग फैलन्छ । यो मच्छड सबैभन्दा पहिला अफ्रिकामा जन्मेको थियो । मच्छडको यो प्रजाति अहिले संसारभरका सम्पूर्ण गर्मी भएका देशमा पाइन्छ ।

–एडिस एल्बोपिक्टस–यो मच्छडबाट पनि यलो फिबर, डेंगु र वेस्ट नील भाइरस फैलन्छ । यो मच्छड सबैभन्दा पहिला दक्षिण पूर्वी एसियामा जन्मेको थियो । तर अहिले यो पनि संसारका सबै गर्मी हुने देशमा पाइन्छ ।

–एनोफिलिस गैम्बियाई–यसलाई अफ्रिकी मलेरिया मच्छड पनि भन्ने गरिन्छ । मच्छडको यो नश्ल रोग फैलाउन सबैको पिता मानिन्छ ।
मच्छडबाट हुने रोग जस्तै मलेरिया, डेंगु, यलो फिबरका कारणबाट संसारभरमा करिब दश लाख मानिस मारिन्छन् । मच्छडको शिकार यी मानिसहरु अधिकांश गरिब देशका हुन्छन् ।

केही मच्छडबाट जीका भाइरस पनि फैलन्छ । पहिला मानिन्थ्यो कि जीका भाइरसबाट हल्का ज्वरो र शरीरमा छालामा असर गर्दछ । तर वैज्ञानिकहरु अब चिन्तामा छन् किनभने जीका भाइरसले गर्भमा हुर्किरहेको बच्चालाई पनि हानी पुराउन सक्दछ । यसको सम्बन्ध माइक्रोसेफेली नामको रोगसँग पनि पाइएको छ । ब्राजीलमा यसको शिकार कयौ बालबालिका जन्मेका छन् । माइक्रोसेफेलीका कारण बच्चाहरुको टाउने सानो हुने गर्दछ।

संसारभरका सम्पूर्ण मुलुकमा मच्छडबाट सतर्क रहन आव्हान गर्दै वर्षौदेखि अभियान चलिरहेको छ। मानिसहरुलाई बुझाउने गरिन्छ कि मच्छडबाट बच्ने तरिका प्रयोग गरुन ताकि मच्छडले उनीहरुलो टोक्न नसकोस् ।

तर अहिले विज्ञानले यति प्रगति गरिसक्यो कि के रोग फैलाउने मच्छडलाई पूर्ण रुपमा अन्त्य गरेर यो चुनौतिबाट मुक्ति पाउन सकिन्छ ?
ब्रिटिश जीव वैज्ञानिक ओलिभिया जडसन यो विचारको समर्थक हुन् । उनी भन्छन् कि तीस प्रकारको मच्छडको सर्वनाश गरेर हामी दश लाख नागरिकको ज्यान बचाउन सक्दछौ । यसबाट मच्छडको केवल एक प्रतिशत नश्ल मात्र अन्त्य हुनेछ । तर मानिसको ठुलै हित हुनेछ ।

नयाँ नश्ल

ब्रिटेनमा अक्सफोर्ड युनिभर्सिटी र बायोटेक कम्पनी अक्सीटेकका वैज्ञानिकहरुले एडिस एजिप्टी मच्छडको जीन परिवर्तन गरेर नर मच्छडको नयाँ नश्ल तयार गरेका छन् । यो मच्छडको माध्यमबाट डेंगु र जीका भाइरस फैलन्छ । यी जेनेटिकली मोडिफाइड मच्छडहरुमा यस्तो जीन छ, जुन मच्छडको नयाँ पिढी आफ्नो सन्तान जन्माउनु अघि नै मर्छन् । यसकारण मच्छडको पिढी दर पिढी यसरी नै अन्त्य भएको खण्डमा एक दिन यो नश्ल नै पूर्णरुपमा अन्त्य हुनेछ । फेरि त्यसबाट फैलने रोगको सिलसिला पनि रोकिनेछ ।

यस्ता करिब २० लाख मच्छडलाई केमन द्वीपमा सन् २००९ देखि २०१० सम्म छाडिएको थियो । अक्सीटेकको रिपोर्टका अनुसार यो प्रयोगबाट वरपरको क्षेत्रको तुलनामा केमन द्वीपमा मच्छडको आवादी ९६ प्रतिशतसम्म घटेको थियो । ब्राजिलमा चलिरहेको यस्तै प्रयोगबाट ९२ प्रतिशत मच्छड अन्त्य भएको छ ।

मच्छड अन्त्यको सम्भावित असर

प्रश्न यो हो कि के मच्छडलाई यसरी सखाप पार्नुको हानी पनि छ ? फ्लोरिडाका किट वैज्ञानिक फिल लोनिबस भन्छन् कि मच्छडलाई यो तरिकाले सखाप पार्दा यसका कयौ साइड इफेक्ट पनि छन्, जुन हामी चाहँदैनौ ।

लोनीबस भन्छन् कि मच्छड विरुवाको रस पिएर बस्छन् । यसको माध्यमबाट विरुवा फैलन्छ ।जसका कारणबाट फूल फलका रुपमा विकास हुन्छ । मच्छडलाई कयौ चरा र चमेराहरुले खाने गर्दछन्। यही यसको लार्वाबाट माछा र भ्याकुताले खानेकुरा प्राप्त गर्दछन् । यस्तोमा मच्छडको अन्त्यबाट प्राकृतिक फुड चेनमा अरु पनि असर पर्न सक्दछ ।

यता ओलिभिया जडसन यो आशंका खारेज गर्दछिन् । उनका अनुसार मच्छडको अन्त्यमा अन्य जीव यो फूड चेनको कडी बन्ने छ। जडसन भन्छिन् कि धरतीको विकासका क्रममा धेरै नश्ल अन्त्य भएको छ। यी प्रजातिहरुको अन्त्यबाट यस्तो कहाँ भएको छ कि विनाश आयो ।त्यसको स्थान नयाँ प्रजातिहरुले लिएका छन्।

फिल लोनीबस यसको जवाफमा भन्छन् कि यदि मच्छडको स्थानमा नयाँ जीवनले लियो भने तब पनि समस्या त छ नै । उनी चेतावनी दिन्छन् कि मच्छडको स्थान लिने नयाँ जीव त्यस्तै छ वा त्योभन्दा पनि बढी खतरनाक हुन सक्दछ । यसबाट मानिसको स्वास्थ्यमा अरु पनि नराम्रो असर पर्न सक्दछ । हुन सक्छ कि यो नयाँ जीवबाट रोग झनै तिब्रताका साथ र टाढासम्म फैलियोस् ।

सीमित रुपमा घातक असर

विज्ञानका लेखक डेविड क्वामेन भन्छन् कि मच्छडको मानिसमा निकै सीमित रुपमा मात्रै घातक असर हुन्छ । मच्छड गर्मी क्षेत्र वा जंगलमा बस्न असम्भव बनाइदिन्छन् ।

यस्तो वर्षा हुने जंगलमा संसारभरका कुल बोटविरुवा र अन्य जीव ठुलो मात्रामा रहन्छन् । मच्छडका कारण मानिस यो जंगललाई दखल दिन सकिरहेका छैनन् ।मच्छड अन्त्य भयो भने यी ऊष्णकटिबन्धीय जंगलमा निकै ठुलो विनाशको खतरा मडारिन लाग्नेछ । क्वामेन भन्छन् कि मच्छडहरुले यस्तो विनाशलाई विगत दश हजार वर्षदेखि रोकिराखेका छन्।

कुनै पनि प्रजातिको अन्त्य मात्र वैज्ञानिक दृष्टिबाट मात्र हेर्नु हुँदैन । यसलाई दार्शनिक दृष्टिबाट पनि हेर्नुपर्नेछ । केही मानिस त्यस्ता होलान् जो कुनै नश्ल नश्लको यसरी अन्त्यको कडा विरोधमा होलान् । उनीहरुको तर्क हुनेछ कि मानिसका लागि खतरनाक मच्छड जुन तर्कका साथ सफाया गरिँदैछ । त्यस तर्कअनुसार त मानिस पनि सिंगो प्रकृतिका लागि खतरा हो, त्यसो हो भने यसलाई पनि सफाया गर्ने हो र ?

सर्वनाश सम्भव छैन

अक्सफोर्ड युनिभर्सिटीका जोनाथन पघ भन्छन् कि कुनै नश्ललाई पूर्ण रुपमा मेटाउनु, नैतिक रुपले ठिक होइन । त्यसो त यो तर्कलाई हामी हरेकपटक लागु गर्न सक्दैनौ । जस्तो कि जब हामीले ठेउलाको भाइरस भैरियोलालाई पूर्णरुपमा सफाया गरियो तब संसारले यसमा उत्सव मनाएको थियो ।

जोनाथल पघ भन्छन् कि हामीले स्वयमसँग सोध्नुपर्छ कि के मच्छडमा कुनै निकै ठुलो काम लाग्ने खुवी छ ? जस्तो कि के यसमा पीडा सहने क्षमता छ ? वैज्ञानिकहरु भन्छन् कि मच्छडमा पीडाका लागि कुनै सहानुभूति हुँदैन ।

प्रश्न यो पनि सोध्नुपर्ने हुन्छ कि आखिर हामी किन एउटा जातिको अन्त्य गर्न चाहन्छौ ? यसको जवाफ हो कि त्यसले रोग फैलाउँछ, त्यसैले यो ठोस कारण बन्दछ कि मच्छडलाई रोग फैलाउने प्रजातिका रुपमा अन्त्य जरुरी छ।

त्यसो त मच्छडको पूर्णरुपमा अन्त्यसम्बन्धी प्रश्न, अझै लामो समयसम्म प्रश्नकै रुपमा रहनेवाला छ। भलै यसबाट डेंगु, जीका र मलेरियाजस्ता रोग फैलिरहन्छ । हामीलाई मच्छडको आवादी केही विशेष क्षेत्रमा घटाउनमा भलै सफलता प्राप्त भएको होस् ।वैज्ञानिकहरु भन्छन् कि कुनै प्रजातिको सर्वनाश तत्कालै असम्भव छ।

ग्रिनिच युनिभर्सिटीका फ्रान्सिस हक्स भन्छन् कि मच्छडको अन्त्यको कुनै जादुमय औषधि अहिलेसम्म बन्न सकेको छैन । जीन परिवर्तन गरेर तयार गरिएको मच्छडको नश्लबाट औषत प्रकारको नतिजा मात्रै प्राप्त भएको छ।एउटा सानो क्षेत्रमा मच्छडको आवादी नियन्त्रणमा ल्याउनका लागि दसौं लाख मच्छड छोडिएको छ।

उनी भन्छन् कि हरेक पोथी मच्छड यो नयाँ नश्लको नरबाट नयाँ पिढी जन्माओस, यसका लागि धेरै मेहनत गर्नुपर्नेछ । त्यसैले मच्छडमाथि नियन्त्रण प्राप्त गर्नका लागि नयाँ र कयौप्रकारका तरिका प्रयोग गर्नुपर्नेछ ।

जस्तै लण्डनको किभ गार्डेन्स इन्स्टिच्युटमा वैज्ञानिकहरु एकप्रकारको सेन्सर विकसित गरिरहेका छन् । यो सेन्सरले मच्छडको पखेटाको भनभनाहटबाटै त्यसको प्रजाति पत्ता लगाउनेछ । इन्स्टिच्युटका वैज्ञानिक, इन्डोनेसियाका मानिसलाई लगाउन सकिने सेन्सर दिनेछन्, जसले रोग फैलाउने मच्छड पत्ता लगाउनेछ । यसबाट रोगले महामारीको रुप लिनुअघि नै रोक्न सकिने छ।

यसरी नै लण्डन स्कुल अफ हाइजीन एन्ड ट्रापिकल मेडिसिनमा वैज्ञानिकहरु टोक्ने पोथी मच्छडलाई कुन गन्धले तान्छ भन्ने पत्ता लगाइरहेका छन् ।यसबाट मच्छड भगाउन औषधि तयार गर्न सहयोग पुग्नेछ ।

मच्छडलाई त्यस्ता रोगसँग लडने शक्ति पनि दिइदैछ, जुन मानिसका लागि हानिकारक हुन्छन् ।अस्ट्रेलियामा एलिमिनेट डेंगु प्रोग्राम अर्थात डेंगु सफाया कार्यक्रमअन्तर्गत यस्तो ब्याक्टेरियाको सहयोग लिइँदैछ, जुन मच्छडको डेंगु भाइरस फैलाउने क्षमता नै नाश गरिदिन्छ ।
फिल लोनिबस भन्छन्कि मच्छडको कहरको सामना गर्ने यो तरिका बढी उपयोगी छ।

अमेरिकामा वैज्ञानिकहरुले मच्छडको यस्तो नश्ल तयार गरेका छन्, जसले मलेरियाको भाइरस उत्पन्न हुनै दिँदैन ।

फ्रान्सिस अक भन्छन् कि मानिस र मच्छडबीच अगाडि निस्कने होड चलेको छ । आशा छ कि आगामी १०/१५ वर्षमा मानिस मच्छडमाथि भारी पर्न लाग्नेछन् । क्लेयर बेट्स/बीबीसी हिन्दी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..