उत्तर कोरियाली नेता किम दक्षिण कोरियामा, आज शिखर वार्ता, यस्तो छ तयारी

सिउल । उत्तर कोरियाली नेता किम जोङ्ग उनले शान्ति होस् भन्नेहरुको आशा पूरा गर्नका लागि आजै एक सम्झौता हुन सक्ने बताएको रोयटर्सले जनाएको छ ।

आजदेखि सुरु भएको उत्तर र दक्षिण कोरियाका नेताहरुबीच ऐतिहासिक शिखर वार्ता सुरु भएसँगै उनले सो कुरा बताएका हुन् । गैरसैनिक क्षेत्रमा जारी वार्ताबाट दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणा लगायतका विषयमा ऐतिहासिक निर्णय हुने अपेक्षा गरिएको छ ।

वार्ताका लागि उत्तर कोरियाका नेता किम दक्षिण कोरिया पुगेका छन् । दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले वार्ता शुरू हुनुअघि दुई देशबीचको सीमामा किमलाई स्वागतग र्नुभएको थियो ।

सन् १९५३ मा कोरिया युद्धपछि दक्षिण र उत्तरको रुपमा कोरिया विभाजित भएको थियो । सो युद्ध अन्त्य भए पनि दुई देशबीच कटुतापूर्ण सम्बन्ध रहँदै आएकोे थियो । यही क्रममा दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता बन्नुभएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..