१८ महिनाअघि मरेकी आमा बगैंचामा पानी हाल्दै देखिएपछि….

बेलायत निवासी एक अमेरिकी महिलाको मृत्यु १८ महिना अघि नै भएको थियो । तर, उनी १८ महिनापछि घरबाहिर बगैंचामा फूलमा पानी हाल्दै गरेको देखेपछि उनकी छोरी आश्चर्यमा परिन् । यो कुनै कल्पना वा भ्रम थिएन, डेनिस अन्डरहिल नामकी ती महिलाले साँच्चिकै गुगल अर्थमा आफ्नी मृत आमालाई जिवितै देखिकी थिइन् ।

इन्टरनेट सर्फिङ गर्दैगर्दा जब एक दिन डेनिसले गुगल स्ट्रीट भ्युमा आफ्नो फेलोरिडास्थित घरबाहिर आफ्नी आफ्नी मृत आत्मालाई बिरुवामा पानी हाल्दै गरेको देखेर उनी आश्चर्यमा परिन् । यो उनको जीवनको अहिलेसम्मकै सबैभन्दा आश्चर्यको कुरा थियो । टैमवर्थ हेराल्डसँगको कुराकानीमा डेनिसले भनिन्–म जब घरको काम गरिरहेकी थिएँ, मलाई एकाएक आफ्नी आमालाई फोन गर्न मन लाग्यो । तर, उनको मृत्यु भइसकेको थियो । त्यसैले फोन गर्न सम्भव थिएन ।

डेनिसले अगाडि भनिन्–मैले सोचेँ कि गुगल अर्थमा आफ्नी आमाको घर हेर्छु, त्यहाँ अहिले कस्तो भइरहेको छ । सन् २०१५ मा मेरी आमाको मृत्यु भएको थियो, त्यसपछि हामीले त्यो घर पनि बेचिसकेका थियौ ।

डेनिसले गुगल अर्थमा त्यो घरको लोकेशन हालि र त्यो चिनिन् पनि । उनकी आमाकोघर नजिकै एउटा रुख थियो, जसका कारण आफ्नो घरको आँगन सहजै चिनिन् । त्यसपछि उनले घरलाई नजिकैबाट हेर्नका लागि गुगल स्ट्रीम भ्युमा जुम गरिन् । तब उनले घरबाहिर बगैंचामा आफ्नी आमा देखिन्, उनी विरुवामा पानी हालिरहेकी थिइन् । यो तस्वीर शायद गुगल अर्थले निकै वर्ष पहिला लिएको हुनुपर्छ । डेनिसले भनिन–यो मेरो जिन्दगीको सबैभन्दा ठुलो सरप्राइज थियो । मलाई मेरो आँखाले देखेको कुरामा विश्वास लागिरहेको थिएन । बगैंचामा मेरा आमा उभिएकी थिइन् र उनी बगैंचामा रहेका विरुवामा पानी हलिरहेकी थिइन्, ठिक त्यसरी नै जसरी उनी सधैं गर्दै आएकी थिइन् ।

डेनिस भन्छिन–म निकै रोमाञ्चित भएँ । मेरो त भाग्य नै खुल्यो । हामीलाई थाहा हुँदैन कि कतिबेला कुन तस्वीर लिइँदैछ, तर यो तस्वीर सबैका लागि इन्टरनेटमा स्टोर हुने गर्दछ । डेनिसका अनुसार यो उनको भाग्य थियो । मानिसहरुले लिएका हजारौ लाखौ तस्वीरको सहयोगमा गुगल अर्थमा संसारका कयौ भाग हेर्न सकिन्छ । गुगल अर्थमा कयौ तस्वीरहरु सन् २००८ का छन् । त्यसो त गुगल अर्थले अब हरेक वर्ष तस्वीर अपडेड गर्दछ,तर शायद त्यो लोकेशन अपडेट नभएको हुनसक्छ, जुन डेनिस खोजिरहेकी थिइन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..