बाइक चलाउनु हुन्छ ? यो खबर अवश्य पढ्नुस्

तपाई बाइक चलाउनु हुन्छ, त्यसो हो भने यो खबर तपाईकै लागि हो । एउटा ताजा शोधकाअनुसार जुन दिन पूर्ण चन्द्रमा अर्थात पूर्णिमाको रात हुन्छ, त्यसको एक रात पहिला बाइक दुर्घटनाको शिकार हुने सम्भावना बढी हुने गर्दछ ।

एउटा अध्ययनका अनुसार पूर्ण चन्द्रमाका दिन बाइक चालकको ध्यान भड्कन सक्छ । त्यसकारण दुर्घटना बढी हुने सम्भवना रहन्छ ।

अध्ययनमा संसारमा बाइक दुर्घटनामा ठुलो संख्यामा मानिसको ज्यान जाने गर्दछ । सडक दुर्घटनाको मु्रख्य कारण गाडी चलाइरहेका बेला अचानक ध्यान बड्कन् हो । वर्षमा करिब १२ पटक पूर्ण चन्द्रमा देखिने गर्दछ । जुन निकै चम्किलो हुने गर्दछ, त्यसैले यसले चालकको ध्यान भड्कन सक्छ ।

क्यानडाको युनभिर्सिटी अफ टोरन्टो र अमेरिकाको प्रिन्सटन युनिभर्सिटीका शोधकर्ताहरुले पूर्ण चन्द्रमा भएको रात सडक दुर्घटनाको गणना गरेका थिए । उनीहरुले यसको तुलना पूर्ण चन्द्रभन्दा ठिक एक साताअघि र पछि हुने सडक दुर्घटनासँग गरेका थिए ।

अध्ययनमा १ हजार ४ सय ८२ रात र १३ हजार २९ जना बाइक दुर्घटनाको शिकार भएका थिए । यसमा ४९४ रात पूर्ण चन्द्रमा भएको रात थियो भने ९८८ रात सामान्य थियो ।सामान्यतः बाइक चलाउने माध्यम उमेरका पुरुष (औषतः ३२ वर्ष) हुने गर्दछ जसले हेलमेट लगाउँदैनन् । कुल मिलाएर सन् १९७५ देखि २०१४ बीच पूर्ण चन्द्रमाको ४९४ रातमा ४ हजार ४९४ घातक दुर्घटना भए ।एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..