किम जोङको सुरक्षा घेरामा कमिलो पनि पस्न सक्दैन, त्यस्तो के छ सुरक्षा घेरामा ?

काठमाडौं- के तपाइँलाई थाहा छ, उत्तर कोरियाली नेता किम जोङ उनको सुरक्षा घेरा कस्तो छ? करिव ६ दशकपछि किम जोङ उन दक्षिण कोरियाको सीमामा पुग्दा मानिसहरुले उनलाई सुरक्षाकर्मीसँगै देख्ने अवसर पाए। सुरक्षा घेरालाई हेर्दा यस्तो लाग्छ एउटा कमिलाले पनि किमको सुरक्षा घेरा तोड्न सक्दैन। दक्षिण कोरियाका राष्ट्रपति मुन जेइ–इनसँगको भेटवार्ताका क्रममा किम जोङ उनका सुरक्षाकर्मीलाई देखेर मानिसहरु छक्क परे।

यी हुन किम जोङ उनको सुरक्षा घेराका मुख्य विषय:

१) दक्षिण  कोरियाको सीमामा किम जोङ उन चारैतिरबाट आफ्ना सुरक्षाकर्मीबाट घेरिएका थिए। यी सुरक्षाकर्मी जसको चयन फिटनेस र मार्शल आर्टको स्किलका आधारमा हुन्छ।
२) किमको अगाडि र आसपास चारैतर्फ सुट, निलो र सेतो रंग टाइ लगाएका सुरक्षाकर्मीले पहरा दिएका थिए।
३) केही सुरक्षाकर्मीको सर्टमा ठूला ठूला खल्ती थिए। उनीहरुको साथमा रातो रंगको ब्याज र प्रत्येक सुरक्षाकर्मीका कानमा इयरपीस थियो।
४) लंच भन्दा पहिला केही सुरक्षाकर्मी वर्क आउट गरिरहेका देखिन्थे। मानव ढाल बनाउन सुरक्षाकर्मी लगातार किम जोङ उनको गाडीसँगै जगिङ गरिरहेका थिए।

५) जब कुनै विदेशी किम जोङ उनको कार्यक्रममा जान्छन्, उनीहरुको घण्टौंसम्म तलासी लिइन्छ। उनीहरुलाई मोबाइलदेखि सबै इलेक्ट्रोनिक सामान बाहिर राख्न भनिन्छ।
६) किम जोङ उनको सुरक्षा कोरियन पिपुल्स आर्मी र प्योङयाङ डिफेन्स कमाण्डोको जिम्मामा हुन्छ।

७) किम जोङ–उनको सुरक्षाकाबारेमा योङ गुकले २०१३ मा एउटा किताव लेखेका छन्। जसमा ६ लेयर्सको सुरक्षा घेरा उनको सुरक्षामा चौबिसै घण्टा तैनाथ रहन्छन्।
८) योङ–गुकका अनुसार यो विश्वको सबैभन्दा चुस्त सुरक्षा कवच हो जुन घेरा भित्र कमिलो पस्न पनि मुश्किल हुन्छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..