यार्सागुम्बा टिप्न जानेहरु बर्सेनि यसरी मरिरहेका छन् 

चैनपुर । बहुमूल्य बुटी यार्सागुम्बा टिप्ने सिजनको सुरुवातमै यस बर्ष जिल्लाको साइपाल गाउँपालिका ३ का २० बर्षीय भीमबहादुर बोहराको हिमाली क्षेत्र फरालखेतमा हिउँले पुरिएर यसै साता मृत्यु भयो ।

यसपालि मर्नेमा उनी पहिलो हुन् । आठ नौ बर्षको उमेरमा अभिभावकहरुसँग यार्सा टिप्न गइरहने बोहरा यार्सा पाइने ठाउँमा हेरफेर गर्न जाँदा हिमपहिरोले पुरिएपछि बितेका हुन् ।

समाचारमा लेखिएको छ, घरको एक्लो छोराको मृत्युपछि परिवार शोकाकुल छ ।

यार्सा टिप्ने सिजनमा बर्सेनि २/४ जना मान्छेको ज्यान जानु यहाँका मानिसका लागि समान्य नै भइसक्यो । अन्नपूर्ण पोष्टमा खबर छ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..