के मानिसहरु सोच्नेभन्दा बढी हाँस्छन् ? यस्तो रहेछ हाँस्नुको कारण

हाँसो मानिसको यस्तो भाव हो, जसले पूरा संसारमा खुसीको अनुभव बयान गर्नका लागि जानिन्छ । हरेक मानिस हाँस्न सक्दछ । हरेक हाँसोको अलग अर्थ हुन्छ । कुनै मानिस त्यसै पनि हाँसिदिन्छ । कतिपय काउकुतिबाट पनि हाँस्छ । कति ठट्टा गरेर, चुट्किला पढेर र सुनेर हाँस्छन् त कतिपय अरुलाई जोक सुनाएर जोडले हाँस्छन् । कहिले कसैको उपलव्धीमा हाँसो आउँछ त कहिलेकाँहि कोही समस्यामा परेको देखेर पनि मानिसहरु आफ्नो हाँसो रोक्न सक्दैनन् ।

सबै मिलाएर यो भनौं कि हाँसो मानिसको समाज र सम्वादसँग गहिरो सम्बन्ध छ भन्दा गलत नहोला । मानिस सामाजिक प्राणी भएको बलियो मियो हो हाँसो ।

बिना कुनै शब्द प्रयोग गरेर हामी आफ्नो भाव जब हाँसोको माध्यमबाट व्यक्त गर्दछौ, तब यसक्रममा हाम्रो छातीको नशा फुल्दछ। तब अनुहारमा हाँसो आउँछ ।

त्यसो त हामी यो जन्दछौ र बुझ्दछौ कि हाँसो तब आउँछ जब हामी हाँसो उठ्ने कुनै कुरा सन्दछौ वा देख्दछौ, जस्तै कि कुनै ठट्टा वा चुट्किला । तर विषय यति सहज छैन । बरु हाँसो त भाव हो जुन निकै पेचिलो छ ।

हाँसोको समाजको अवयवसँग गहिरो सम्बन्ध छ । यो वरपरको माहौलबाटै निस्कन्छ । यदि हामी एक्लै छौ, तब हामी कमै हाँस्छौ । यसको तुलनामा यदि हामी अन्य मानिससँग छौ भने हाँसोको आशा करिब तीन गुनासम्म बढ्दछ ।

तपाई यो थाहा पाएर आश्चर्यमा पर्नुहुनेछ कि हामीहरु सोच्नुभन्दा बढी हाँस्छौ । सबै अध्ययनहरुबाट यो कुरा पुष्टि भइसकेको छ । मानिसहरुसँग बातचित गर्ने क्रममा बिचबिचमा हाँसोको दखल रहन्छ । हाँसो हाम्रो सम्वादको किस्सा बन्दछ । यदि हामी कसैसँग १० मिनेट बातचित गर्दछौ तब त्यसक्रममा औषतः पाँचपटक हाँस्दछौ । कुराकानीका क्रममा त्यस्ता मानिस बढी हाँस्छन् जसले आफ्नो कुरा तत्काल सकेको छ ।

अक्सर मानिसहरु यस्तो सोच्दछन् कि उनीहरु कुनै अरुको कुरामा हाँस्छन् । अर्थात कसैको कुरा सुनेर प्रतिक्रियामा हाँस्दछन् । तर यस्तो होइन । वास्तविकता यो होइन । अक्सर हामी आफ्नो कुरा भनेर नै हाँस्छौ । र, औषतः निकाल्ने हो भने यसको सम्भावना बढी हुन्छ कि हामी हामी आफ्नो कुरामा हाँस्छौ ।

एउटा अनुभवले बताउँछ कि कयौपटक कसैसँग कुरा गर्ने क्रममा हामी स्वयम हाँस्दछौ त कतिपय अवस्थाका अन्यको कुरा सुनेर हामीलाई हाँसो आउँछ ।

हाम्रो प्राकृतिक नातेदारहरुमध्ये एउटा चिंपैन्जीमा गरिएको अध्ययन पनि यही कहानी भन्छ । चिंपैन्जी खेदकुदका क्रममा स्वयम बढी हाँस्छ, यही जब उसलाई काउकुति लाग्छ तब पनि उ हाँस्छ ।

दुःखको कुरा यो छ कि यति गहिरो यति गहिरो भाव र मानिस सामाजिक प्राणी हुनुमा हाँसोको महत्वपूर्ण भूकिका भएर पनि यस विषयमा पर्याप्त अध्ययन भएको छैन । यद्यपि अब वैज्ञानिकहरु हाँसोको विषयमा सचेत भने भएका छने । कयौ स्थानमा हाँसोका विषयमा अध्ययन भइरहेका छन् ।

यी अध्ययनहरुबाट हामीले यो थाहा पाउन सक्ने छौ कि मानिसको बोलीसँग के सम्बन्ध छ । हाम्रो भाषाहरु कसरी विकसित भए, जब हामी आफ्नो कुरा केही नभनिकन पनि बताउन सक्थ्यौ । अध्ययनबाट हाम्रो भावनात्मक अवस्थाका बारेमा पनि धेरै कुरा थाहा हुन सक्दछ ।
जे होस्, यो अध्ययन त भइनै रहन्छन । तपाई भने मस्तसँग हाँसिरहनुस्…..मुस्कुराइरहनुस् । बीबीसी हिन्दीबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..