दैवीय शक्ति देखाउन भन्दै कर्णालीमा हामफाल्दा दुई जना झाँक्रीको मृत्यु

बाजुरा। दैवीय शक्ति देखाउने भन्दै कर्णाली नदीमा हामफालेका दुई जना धामी झाँक्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ६१ वर्षका मानसिंह विष्ट र ५३ वर्षका जय बहादुर विष्ट रहेका छन् ।

ती मध्ये मानबहादुर विष्टको शव फेला भेटिसकेको छ भने अर्का जयबहादुर विष्टको बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताएका छन् । विष्टद्धयले आइतबार विहान हाम फालेको प्रहरीले बताएको छ ।

दुवै जना काप्न थालेपछि दैवीय शक्ति देखाउने भन्दै कर्णाली नदीमा हाम फालेका थिए । स्थानीयले पनि काम्दै हाम फाल्न गएपछि विश्वास लागेर रोक्ने प्रयास नगरेको बुझिएको छ ।

बेपत्ताको खोजीका लागि कुण्डा प्रहरी चौकीको टोली र नेपाली सेना लागिपरेको छ भने स्थानीय पनि घटना स्थलमा पुगेर खोजीमा संलग्न रहेको प्रहरीले बताएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..