ट्रक र बस ठोक्किदा भारतमा सात जनाको मृत्यु, २५ घाइते

नयाँदिल्ली। भारतको मध्यप्रदेशमा आइतबार भएको सडक दुर्घटनामा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । ट्रक र बस एक आपसमा जुधेर भएको दुर्घटनामा परी अरु २५ जना घाइते भएको प्रहरी अधिकारीले जनाएका छन् ।

उक्त राज्यको राजधानी भोपालदेखि ३५० किलोमिटर टाढा पर्ने मन्दसुरमा दुर्घटना भएको समाचारमा जनाइएको छ । तिव्र गतिमा आएको ट्रकले आइतबार बिहान ४० जना यात्रु बोकेको बसलाई ठक्कर दिएको प्रहरीको भनाइ छ ।

सो घटनामा सातको मृत्यु भएको छ भने घाइते मध्ये तीन जनाको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

अफगानिस्तानमा नौ प्रहरी र दुई बालबालिकासहित १२ मारिए
काबुल। अफगानिस्तानका विभिन्न ठाउँमा भएका छुट्टाछुट्टै हिंसाका घटनामा परी कम्तीमा नौ प्रहरी, एक महिला र दुई बालबालिका मारिएका छन् ।

बाडाख्सान प्रान्तको दुर्गम ठाउँमा तालिबान लडाकूहरुले आक्रमण गरेपछि भएको गोली हानाहानमा परी नौजना प्रहरी मारिएका हुन् । स्थानीय प्रहरीले आइतबार दिएको जानकारीअनुसार घटनामा अरु दश जना घाइते भएका छन् ।

त्यसैगरी पूर्वी नानगाहार प्रान्तमा भएको विष्फोटनको घटनामा परी अफगान एक महिला र दुई बालबालिका पनि मारिएका प्राप्त अर्काे समाचारमा जनाइएको छ ।

प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोग्यानीले सिन्ह्वासँग आइतबार भन्नुभयो, “आइतबार बिहान ६ः३० मा सुर्ख रोडमा दुखद घटना भएको छ ।”

उक्त घटनामा परी अर्का एकजना महिला र बालका घाइते भएका पनि समाचारमा जनाइएको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..