​समस्याका बेला सेक्स, पत्यार नलाग्ने समाधान

यदि तपाई कसैलाई बिर्सन चाहनु हुन्छ भने त्यसका लागि उपयुक्त तरिका अरु कसैसँग समय बिताउनु हुनेछ । यद्यपि तपाईका साथीहरुको नजरमा यो सुझाव बिल्कुल गलत हुनेछ, तर पुनःविचार गर्नुस् । एक नयाँ यौन पार्टनरबाट तपाईका संसार पुनः उज्यालो हुनेछ । कम्तीमा पनि केही समयका लागि नै सही ।

एउटा रिलेशनसीपको सल्लाह जसले पनि तपाई दिइरहेकै होला, त्यो यो हो कि जीवनका हरेक समस्याको समाधान सेक्स होइन । हामी तपाईलाई यसो भनिरहेका छैनौं कि यो सल्लाह गलत छ । जीवनका कतिपय अवस्थामा यस्ता संवेदनशील समस्या पनि आउँछन् कि जसलाई गम्भीरतापूर्वक ध्यान दिएर कारबाही गर्नु आवश्यक हुन्छ । यद्यपि केही यस्ता समस्या पनि हुन्छन् कि त्यसको एउटै समाधान हुन्छ सेक्स…. ।

के तपाई आफ्नो जीवनबाट बोर हुनु भएको छ ? यस्तो महशुस भइरहेको छ कि तपाईलाई जीवनले घिसारिरहेको छ ? तब अनलाइन किनमेलमा पैसा खर्च गर्नु वा कुनै व्यक्तिलाई टेस्ट गर्नु जुन पछि गएर तपाईले पश्चाताप गर्नुपर्ने पनि हुनसक्छ, त्यो भन्दा उत्तम तपाई पार्टनरसँग सेक्स गर्नुस् ।

लामो समयदेखि वर्कआउट सेशन मिस भइरहेको छ ? एक्सरसाइजको समय पनि प्राप्त भइरहेको छैन ? यदि तपाईलाई आफ्नो शरीरमा यस्ता कुराको असर देखिन थाल्यो भने तब सेक्स यहाँ पनि काम लाग्न सक्दछ । शायद तपाईलाई थाहा नहुन सक्छ तर सेक्सका क्रममा पनि धेरै क्यालरिज बर्न हुने गर्दछ ।

यदि कार्यालयमा आजभोलि तपार्यको काम बढी तनावपूर्ण छ, यदि तपाईको टार्गेट्स र डेडलाइन्सले तपाईलाई चैनको स्वास लिन दिइरहेको छैन भने यो सबै समस्याको समाधान पपिन सेक्स नै हुन सक्छ । तपाईलाई यो आइडियामा बालपन देखिन सक्छ । तर, विश्वास गर्नुस् सेक्सका क्रममा जुन हर्मोन रिलिज हुने गर्दछ, त्यसले तपाईको सबै स्ट्रेस र तनावलाई कम गरेर रिल्याक्स महशुस गराउनेछ ।

यदि तपाई आफ्नो पार्टनरका साथ कुनै आउटिङ्गको प्लान गरिरहनु भएको छ तर तपाई दुईबीच कुनै एउटा स्थानमा सहमति बन्न सकेको छैन अर्थात तपाई दुई जना निर्णय गर्न सकिरहनु भएको छैन कि कहाँ जाने ? यस्तो अवस्थामा घुम्ने योजना रद्द गर्नुस र घरमै केही एक्सन देखाउनुस् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..