कतै तपाईलाई डिप्रेसन भएको त छैन ? यि कुरा चेक गर्नुहोस्

आजकाल डिप्रेसनको शिकारमा धेरै मानिसहरु पर्न थालेका छन् । आफ्नो काममा सन्तुष्ट हुन नसक्नु , सानो सानो कुरामा पनि तनाव लिएर बस्नु , सानो काम बिग्रदा पनि पहाडै खसेजस्तो गर्नु , उच्च आकाँक्षा जस्ता कुराले दिन प्रति दिन मानिसमा डिप्रेसन देखिन थालेको छ ।

डिप्रेसन अचानक देखिने कुरा होईन लामो समयपछि यसको संकेत देखिन थाल्छ । यसको शिकार जोसुकै बन्न सक्छ त्यसकारण यो जान्नु आवाश्यक छ की मानिस कसरी विस्तारै विस्तारै डिप्रेसनको शिकार बन्दै जान्छ तर आफुलाई थाहा हुदैन भनेर ।

यदि तपाईलाई कुनै कुराप्रति चिन्ता लाग्न थालेको छ ,कुनैपनि कुरामा विश्वास हुन छोडेको छ र कसैसँग भेट्नै मन लाग्दैन भने सोच्नुस तपाईपनि डिप्रेसनको शिकारमा पर्दैहुनुहुन्छ भनेर । यसकारण यसबाट सावधान भएर कुनै मनोचिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ ।

यदि अचानक तपाईको रातको निद्रा गाएब हुन्छ र सुतिरहेको मान्छे एक्कासी ब्यूझिएर बस्न थाल्छ भने त्यो पनि डिप्रेसनको लक्षण हो ।

तपाई यतिसम्म चिन्ता लिन थाल्नुहुन्छ की तपाईलाई आफ्नो जिन्दगी नै बोझ लाग्न थाल्छ र कसरी जीवन त्याग गर्ने भनेर तरिकाहरु खोज्न थाल्नुहुन्छ यस्तो अवस्थामा सोच्नुस तपाई गहिरो डिप्रेसनमा पर्नुभइसक्यो भनेर । धेरै थकान महसुस हुनु र थोरै काम गरेपनि थकानको महसुस हुनु डिप्रेसन कै लक्षण हो । काममा ध्यान नजानु ,कुनै पनि कुराप्रति ज्यादा पश्चाताप हुनु र आत्मग्लानी हुनु पनि डिप्रेसनकै लक्षण हो ।

यसकारण पनि बेला बेला मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ताकि डिप्रेसन नबढोस र त्यसबाट निक्लन सकियोस् ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..